coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्थानीय तहको पुनर्संरचनामा असन्तुष्टि बढ्दै

पाँचथर-जिल्लाको स्थानीय तहको पुनर्संरचनाका लागि जिल्ला स्तरीय प्राविधिक समितिले सिफारी पठाए पछि विभिन्न ठाँउवाट असन्तुष्टिका आवाजहरु आउन थालेका छन्। केन्द्र, सिमाना लगायतका विषय लिएर असन्तुष्टि बढेको हो।

आफूहरुलाई अन्यायमा पारिएको भन्दैँ याङनामका वासिन्दाले सदरमुकाम फिदिममा जुलुस निकालेर सभा आयोजना गरेका छन् । याङनामका १ देखि ७ नम्बर वाडाका वासिन्दा ठूलो संख्यामा सदरमुकाम झरेर चर्को नारा जुलुस लगाउँदै विरोध जनाएका हुन्।  जिल्ला प्रशासन, राजनीतिक दल लगायतका निकायलाई ज्ञापन पत्र वुझाउँदै असन्तुष्टि जनाएका हुन । केहि दलका जिल्लाका नेताहरु पनि  विरोधमा उत्रिएका छन्। यस अघि संविधाननै वहिस्कार गर्ने वाहेकका राजनीतिक दलहरुले स्थानीय तहका विषयमा सहमति जनाएर सिफारीस भई सकेको छ।

याङ्नामलाई फालेलुङ गाँउपालीकामा राख्दा अपयाक केन्द्र परेको आरोप छ । केन्द्र नजिक भोटेगाँउमा बनाईनु पर्ने उनीहरुको माग रहेको छ । नत्र फिदिम नगरपालीकामा गासिनु पर्ने उनीहरुको माग छ । राजनीतिक दल लगायतका निकाय विरुद्ध चर्को नरा लगाउदै वजार परिक्रम गरी जिविसको अगाडी पुगेर सभा आयोजना गर्दै चर्को भाषण गरेका छन् । केहि दलका नेताहरुले सभालाई सम्बोधन गरेका थिए। यस अघिको सहमतिमा हस्ताक्षर गरेकै दलहरुका नेताहरुले सम्बोधन गरेका हुन । याङनाम वासिलाई अन्यायमा पारिएकोले आन्दोलन गरिएको दवाव समूहका संयोजक ओमराज थाम्सुहाङले बताए । ‘केहि घण्टामा सदरमुकाम आहिपुग्ने जनताका लागि दुई दिन लाग्ने ठाँउमा केन्द्र बनाएर अन्याय गरियो’ – थाम्सुहाङले भने ।

केहि दिन अघि यासोकका बासिन्दाले मेहेल्वोटे केन्द्र बनाइएको भन्दैँ उस्तै किसिमको विरोध प्रर्दशन गरे। यासोक बजारनै केन्द्र राखिनु पर्ने माग गर्दे स्थानिय सदरमुकमा आएका थिए । यस अघि आरुवोटे वासिले रवि केन्द्रको विरोध जनाउँदै ज्ञापन पत्र वुझाएका थिए । स्थानीय तहको खाका सिफारीस भईसके पछि विभिन्न ठाँउवाट सिमाना, केन्द्र, नाम लगायतका विषयमा असन्तुष्टि जनाइएको छ । विभिन्न ठाँउवाट लिखित तथा मौखिक रुपमा कुरा राख्ने, ज्ञापन पत्र वुझाउने काम भएको जिल्ला स्तरीय प्राविधिक समितिका सदस्य सचिव निमेश कोईरालाले बताए।

जिल्ला प्राविधि समितिले दुईवटा खाका आयोगमा पठाएको छ । आयोगले जिल्लामा तोकेको पाँच स्थानीय तहको सिलिङ भन्दा पनि स्थानीय मुख्य राजनीतिक दलहरुको सहमतिमा सात स्थानीय तहलाई प्राथमिकतामा राखेर सिफारीस गरिएको छ । जनसंख्या तथा भौगोलिक आवश्यकतालाई ख्याल गर्दै सात स्थानीय तह प्राथमिकतामा राखेर सिफारीस गरीएको समितिका संयोजक स्थानीय विकास अधिकारी कोमल धमला बताउँछन्।

यहाँका ३८ गाविस र एक नगरपालीकालाई सात र पाँच तह गरि दुईवटा खाका आयोगमा सिफारीस गरेको थियो । जिल्लाका मुख्य सात राजनीतिक दलको सहमतिमा दुई नगरपालीका र पाँच गाँउपालीका सिफारिस गरिएको छ। फिदिम र मिक्लाजङ् नगरपलिका रहेका छन् भने याङ्वरक, हिलिहाङ, फालेलुङ, कुम्मायक, र फाल्गुनन्द गाउँपालिका रहेका छन् । आयोगको सिलिङ अनुसारको पाँच तह समेत सिफारीस गरीएको छ । जसमा एक नगरपालीका बाँकि गाँउपालीका छन् । फिदिम नगरपालीका र  कुम्मायक, मिक्लाजङ नगरपालिका तथा याङ्वरक र फालेलुङ गाउँपालिका सिफारिस गरिएको हो।

प्रकाशित: १ आश्विन २०७३ ११:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App