बैतडी– जिल्लाको डिलासैनी गाउँपालिका–६, वागाबगरमा यात्रुबाहक दुई बस एक आपसमा ठोकिदा १९ जना घाइते भएका छन्।
सोमबार दिउँसो करिब साढे चार बजे गन्नाबाट महेन्द्रनगर गइरहेको ना४ख ७५५७ नम्बरको बस र महेन्द्रनगरबाट दार्चुला जादै गरेको ना६ख ७४२० नम्बरको बस एक आपसमा ठोक्किदा १९ जान घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भरहेको जिल्ला प्रहरी प्रवक्ता कान्तिराज जोशीले बताए । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।एकआपसमा बस ठोकिदा दुबै बसका अगाडिको सिसा फुटेका छन् ।
प्रकाशित: २५ भाद्र २०७५ १३:२४ सोमबार