coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालार्इ महराकाे अाग्रह

फाइल तस्बिर

काठमाडाैं– सभामुख कृष्णबहादुर महराले नेपालकाे आर्थिक विकासमा  र जनताको समृद्धिकाे लक्ष्यमा सहयाेग पुग्ने गरी नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालार्इ अाग्रह गरेका छन्।

चीन तिब्बत पर्यटन र सांस्कृतिक एक्सपोअन्तर्गत आज ल्हासामा आयोजित ‘ट्रान्स हिमालय वेल्ट एण्ड रोड इन्टरनेशनल कोअपरेशन फोरम’लाई सम्बोधन गर्दैमहराले नेपालकाे नीतिहरू चिनियाँ लगानीकर्ता मैत्री रहेकाे जनाउँदै यस्ताे अाह्वान गरेका हुन्।

आर्थिक विकास र जनताको समृद्धिनै नेपालको एक मात्र राष्ट्रिय कार्यसूचि भएको र त्यसकालागि नेपालमा वाह्य लगानी अावश्यक रहेकाे महराकाे भनाइ थियाे।  ‘पूर्वाधार विकास, जलविद्युत, होटेल व्यवसाय, सूचना तथा सञ्चार र स्वास्थ्य तथा शिक्षाजस्ता क्षेत्रमा लगानीको राम्रो सम्भावना छ, उनले भने, चिनियाँ लगानीकर्ताको लागि हाम्रा नीतिहरु लगानीमैत्री छन्। त्यसैले नेपालमा लगानी गर्न म चिनियाँ लगानीकर्तालाई विशेष आग्रह गर्दछु।’

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरी प्रत्येक वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको भन्दै महराले नेपालको लक्ष्य पूरा गर्न चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन चीन सरकार, ट्राभल र टुर व्यवसायी बीच सहकार्य र साझेदारीको आवश्यकता रहेको औल्याएका थिए। 

सम्बाेधनका क्रममा महराले चीनले अगाडि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) अभियान अन्तर्राष्ट्रिय सहकार्यको लागि कोशेढुङ्गा भएको बताए। 
बिआरआईमार्फत् हिमाली क्षेत्रबीच बहुआयामिक सम्बन्ध विस्तार गर्न नेपाल र चीनका नेतृत्वको साझा लक्ष्य रहेको उनको भनाइ थियो।

‘हिमाली क्षेत्रबीच बहुआयामिक सम्बन्ध विस्तार गर्नु नेपाल र चीनका नेतृत्वको साझा लक्ष्य हो । जसले दुबै देशमा व्यापार र व्यवसायका धेरै अवसर सिर्जना गर्नेछ,’ उनले भने, ‘चीनको औद्योगिक विकास, प्रविधि विकास, व्यावसायिकता र विशाल आन्तरिक बजार तथा नेपालको प्रचुर प्राकृतिक स्रोत, भौगोलिक सामिप्यताको फाइदा आदिले मूल्य शृङ्खला र आर्थिक वृद्धिबीच सामञ्जस्यता ल्याउनेछ।’ 

बिआरआइले पूर्वाधार र संरचना विकासमा ध्यान केन्द्रित गरेको भन्दै सभामुख महराले सीमा क्षेत्रमा पूर्वाधार विकास गर्ने पक्ष नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको लागि ज्यादै महत्वपूर्ण भएको टिप्पणी गरेका थिए। 

 

प्रकाशित: २५ भाद्र २०७५ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App