८ वैशाख २०८१ शनिबार
समाज

बस दुर्घटनामा ३६ घाईते

रुपन्देही - रुपन्देहीको सैनामैनामा सोमबार रुखमा बस ठोक्किदा ३६ यात्रु घाईते भएका छन्। बुटवलबाट तुल्सिपुर दाङ जाँदै गरेको  ना ४ ख ५५३५ नम्बरको बस रुखमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परि तीन जना गम्भिर घाईते भएका छन्। तिव्र गतीमा रहेको गाडी अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएर पल्टिदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सालझन्डीले जानकारी दिएकाे छ।

रुपन्देही तिलोत्तमा २ बस्ने बर्ष ३१ का अर्जुन बस्नेत, कपिलबस्तु शिवपुर नगरपालिकाका बर्ष १६ की सिता पौडेल र दाङ्ग सौडियारका ३७ बर्षीय तिला महरा गम्भिर घाईते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। घाईतेहरुको लुम्बिनी अञ्चल अस्पताल बुटवल र चौराहा हस्पिटलमा उपचार भइरहेको छ।

 

प्रकाशित: २५ भाद्र २०७५ ११:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App