७ वैशाख २०८१ शुक्रबार
राजनीति

'प्रशासकहरु शासक नबन्नुस्' : गृहमन्त्री थापा

फाइल तस्विर

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले प्रशासकहरुले आफुलाई शासकको रुपमा प्रस्तुत नगरी जनताको सेवकको रुपमा प्रस्तुत गर्नुपर्ने बताएका छन्। साेमवार नेपाल प्रशासन सेवाका पदाधिकारीका लागि कानून र न्याय सम्बन्धी तिन महिने सेवाकालीन तालिमलाई सम्बाेधन गर्दै गृहमन्त्री थापाले राष्ट्रको समृद्धी र विकासमा योगदान गर्ने उद्देश्य सहित सबै प्रशासकले काम गर्नुपर्ने बताए।

विकासका लागि भ्रष्टचार प्रमुख बाधक भएको भन्दै यस विरुद्ध सबैको साथ र समर्थन आवश्यक रहेको थापाको भनाई छ। 'केही प्रशासकहरु भ्रष्टचार गर्छन, काममा जानाजान ढिलासुस्ती गर्छन भन्ने आरोप लाग्ने गरेको छ', गृहमन्त्री थापाले भने 'यसलाई तपाईहरुले चिर्नुहोस्।’ अपराध र अपराधीलाई नियन्त्रण गर्न सके मात्रै नागरिकको रक्षा गर्न सकिने बताउँदै गृहमन्त्री थापाले यसका लागि विधिसम्मत ढंगले कार्य गर्न जरुरी रहेकाे बताए।

प्रकाशित: २५ भाद्र २०७५ १०:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App