coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

शेयर बजारमा गिरावट

काठमाडौं - धितोपत्र बजार साेमवार पनि पुनः ओरालो लागेको छ। आइतबार दोहारो अङ्कले घटेको बजार आज ८.१ बिन्दुले घटेर एक हजार २१० मा झरेको छ। ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई अङ्कले घटेर २५६.१६ बिन्दुमा पुगेको छ। स्टकका अनुसार कूल १६२ कम्पनीको ११ लाख ५९ हजार २७२ कित्ता शेयर रु २७ करोड ७४ लाख २२ हजार ९६७ मूल्यमा खरिद बिक्री भएको छ।

दुई उपमूहको शेयर बढ्दा अरु उपसमूहको शेयर भने ओरालो लागेको छ। उत्पादन २४.६८ र माइक्रोफाइनान्स १३.३१ बिन्दुले बढेको छ। यस्तै बैंकिङ ९.६३, होटल ४५.९५, विकास बैंक १०.२८, जलविद्युत् १०.७५, फाइनान्स ३.३२, निर्जीवन बीमा ५८.५९, अन्य ३.६७ र जीवन बीमा २०.१८ बिन्दुले घटेको छ। रासस

प्रकाशित: २५ भाद्र २०७५ १०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App