७ वैशाख २०८१ शुक्रबार
प्रवास

लन्डनमा सम्झिए बीपी कोइराला

लन्डन- नेपाली जनम्पर्क समिति बेलायतले बीपी कोइरालालाई सम्झिएको छ। १०५ औं बीपी जयन्तीको अवसरमा हिजो आइतवार लन्डनस्थित मायापवमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले वीपी कोइरालाका विभिन्न आयाम बारेमा प्रकाश पारे। 

समितिका सभापति युवराज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै नेपाली कांग्रेस म्याग्दी जिल्ला सभापति प्रमुख अतिथि खमवीरजंग गर्बुजाले बेलायतको विकासदेखि प्रभावित भएर म्याग्दी जिल्लाको विकासमा जुटेको बताए। उनले बीपी कोइरालाको सिद्धान्तलाई आफ्नो गाँउसम्म लैजाने उद्देश्यले विभिन्न कार्यक्रमतय गरिएको जानकारी दिए। 

त्यस्तै नेपाली जनसम्पर्क समिति यूकेका सल्लाहकार डा. सम्पूर्णानन्द ढुंगानाले चुनावको बेला अधिनायकवादको नारालाई जनता समक्ष बुझाउन नसक्दा नेपाली कांग्रेसले हार व्यहोर्नु परेको विचार व्यक्त गरे।

कार्यक्रममा बोल्दै नेपाली जनसम्पर्क समितिका नेता विज्ञान प्रसाईले नेपाली कांग्रेसले बीपी कोइरालाको सिद्धान्तलाई सहिरुपमा अनुशरण नगर्दा देशमा कम्युनिष्ट बलियो हुँदै गएको विचार व्यक्त गरे। 

त्यस्तै अर्का सल्लाहकार विश्वआर्दश पण्डितले बीपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको विचार ब्यक्त गरे।

प्रेस युनियन नेपालका केन्द्रीय उपाध्यक्ष रमेश ज्ञवालीले नेपाली कांग्रेस आवद्द सक्रिय कार्यकर्ताहरु विदेशमा रहँदा देशमा पार्टी कमजोर रहेको बिचार ब्यक्त गरे। जनसम्पर्क समिति यूकेका नेता चेतनाथ खनालले नेपाली कांग्रेसले अनुशरण गर्दैआएको बीपीको प्रजातान्त्रिक समाजवाद २०७५ सम्म आइपुग्दा पार्टीले व्यवहारमा लागू गर्न नसकिरहेको गुनासो गरे।   

नेपाली जनसम्पर्क समितिका उपसभापति कोपिला सुब्बाले स्वागत मन्तब्य दिएको कार्यक्रममा सहमहामन्त्री रोमियन लिम्बु, गोर्खा अगुवा सूर्य नेम्बाङ, एनआरएनए यूकेका महासचिव राजकुमार त्रिपाठी, उपमहासचिव बिनय अधिकारी, एनआरएनए यूके पूर्वअध्यक्ष योगेन क्षेत्री, पत्रकार चिरन शर्मा, डा. मीन रानाभाट, नेसा अध्यक्ष केशबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य दिएका थिए। 

समितिका महामन्त्री केशब भण्डारीद्वारा सञ्चालित कार्यक्रमको संयोजन उपसभापति महेशकुमार दाहालले गरेका थिए। कार्यक्रमको अवसरमा पत्रकारद्वय रमेश पौडेल र रामकृष्ण ज्ञवालीलाई सम्मान समेत गरिएको थियो।

 

प्रकाशित: २५ भाद्र २०७५ १०:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App