coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रुपन्देहीमा एक युवतीको शव फेला

रुपन्देही - रुपन्देही स्थित शुद्धोधन गाउँपालिका दानव नदीमा एक युवतीको शव फेला परेको छ। शुद्धोधन ७ सूर्यपूरा पुल स्थित दानव नदीमा अन्दाजी २२ बर्षीय युवतीको शव नंग्न अवस्थामा भेटिएको हो। युवती को हुन भन्ने पहिचान भने खुलेको छैन।

स्थानीयले नदीछेउमा युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सोमबार प्रहरीले रहस्मय रुपमा मृत भेटिएकी युवतीको शवलाई पोष्टमार्टमका लागि भैरहवा भिम अस्पताल लगेको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपि कुमोद ढुंगेलले घटना रहस्मय भएकाले अनुसन्धान शुरु गरिएको बताए।

गुलाबी रंगको कपडा लगाएकी युवतीको पाखुरानिर च्यातिएको छ। युवतीको शव नजिकै महिला र पुरुषको चप्पल समेत भेटिएकाले घटना शंकास्पद रहेको प्रहरीले बताएको छ। स्थानीयले भने शवको अवस्था हेर्दा बलात्कारपछि हत्या भएकाे हुन सक्ने अनुमान गरेका छन्।

प्रकाशित: २५ भाद्र २०७५ ०९:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App