८ वैशाख २०८१ शनिबार
कला

चीन बुझ्ने विद्यार्थीलाई पुरस्कार

काठमाडौं – काठमाडौंमा विभिन्न समयमा भएका चिनियाँ सांस्कृतिक कार्यक्रम, चिनियाँ भाषा प्रतियोगिता तथा चाइना माई माइन्ड शीर्षकको चित्रकला प्रतियोगिताका विजेतालाई आइतबार पुरस्कार वितरण गरिएकोे छ। राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र नेपालका लागि चिनियाँ राजदूत यु होङले विजेता विद्यार्थीलाई पुरस्कार हस्तान्तरण गरेका थिए । चिनियाँ दूतावासले आयोजना गरेको कार्यक्रममा चिनियाँ सांस्कृतिक प्रतिस्पर्धा अन्तर्गत गायन विधामा जुनी शेर्पा निशानी र त्रियोग स्कुलले तेस्रो स्थान हात पारेका थिए भने नृत्य विधामा एपेक्स लाइफ स्कुल, जोसेफ हाई स्कुल र एरिस एकेडेमीले तेस्रो स्थान हात पारेका थिए । कुङफू विधामा भने प्रभात इंग्लिस सेकेन्डरी स्कुलले तेस्रो स्थान हात पारेको थियो।

यसैगरि गायन विधातर्फ संयोग योञ्जन र देविका अग्रवालले दोस्रो स्थान हात पारेका थिए । दोस्रो स्थानकै लागि भएको नृत्य प्रतियोगितामा चाँदवाग स्कुल र माउन्ट भ्यु इंग्लिस बोर्डिङ स्कुलले बाँकी प्रतिस्पर्धीलाई उछिनेका थिए । कुङफू विधा तर्फको दोस्रो स्थान एलआरआई इन्टरनेसनल स्कुलले जितेका थियो।

गायनतर्फको  प्रथम पुरस्कार सौरभ काफ्लेले जिते भने नृत्य तर्फको प्रथम पुरस्कार प्रिमियर इन्टरनेसनल आइबी  वल्र्ड स्कुल र कुङफू तर्फको प्रथम पुरस्कार बाल बिकास बोर्डिङ हाई स्कुलले जितेको थियो।

चिनिया गीत र नृत्यको प्रस्तुतिसँगै चलेको कार्यक्रममा आठौं संस्करणको चिनियाँ भाषा प्रतिस्पर्धामा इलेमेन्ट्री स्कुलतर्फको तेस्रो स्थान तेन्जिङ डोलकार, श्लोक पोखरेल, परिचय न्यौपानेले हात पारे भने सेकेन्डरी स्कुलतर्फ इशान प्याकुरेल, सोनम तामाङ, उपार्जन गौतम उकृष्ठ ठहरिए । त्यसैगरि इलेमेन्ट्री स्कुलतर्फको दोस्रो स्थान आकांक्षा शर्मा र समर्पण रानाले ओगटेका थिए । सेकेन्ड्री स्कुलतर्फ बर्साना महत र श्रेया अधिकारी दोस्रो भएका थिए । सगुन खड्का इलेमेन्ट्रीतर्फ पहिलो बन्दा सेकेन्ड्रीबाट तासी शेर्पा पहिलो बनेका थिए।

चीनलाई केन्द्रमा राखि गरिएको चित्रकला प्रतियोगितामा सिलस चापागाँई, श्रेया महर्जन, दावा शेर्पा, चुहाङ राई,अगलेशा गुरुङ, सुजन भारती, प्रणय शाक्य,रितेश गजमेर र मौजेश लिम्बूले तेस्रो स्थान हात पारेका थिए।

दोस्रो स्थान भने रोशन राई, यशस्वी केसी, तिशा स्थापित र अपेश त्रिपाठीले हात पारेका थिए । चित्रकला प्रतियोगिताकोे पहिलो स्थान भने रैशा राई र सोफिया वलीले जितेका थिए । इस्टर चाले स्पेसल विधातर्फको पुरस्कार जितेका थिए।

कार्यक्रममा सयभन्दा बढी स्कुल हजारभन्दा विद्यार्थी विभिन्न प्रतियोगितामा सहभागी भएको जानकारी गराइएको थियो।

प्रकाशित: २५ भाद्र २०७५ ०७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App