७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारबाट न्यायालयमाथि हस्तक्षेप भयो, भोलि कर्मचारीतन्त्रमा पनि हुन्छ : देउवा

नेपालगन्ज– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक अत्यन्तै अप्ठ्यारो अवस्थामा आइपुगेको बताएका छन्। मुलुकमा बिस्तारै कम्युनिष्ट शासन स्थापित गर्न खोजिरहेको भन्दै यसका लागि सबै सतर्क रहनुपर्ने धारणा राखे। 

नेपाल ट्रेड युनियन कांग्रेस बाँकेले सोमबार नेपालगन्ज आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै देउवाले कम्युनिष्ट सरकारले अहिले मुलुकको न्यायालयमाथि हस्तक्षेप गरेको र भविष्यमा कर्मचारीतन्त्रमा पनि हस्तक्षेप गर्ने ठोकुवा गरे। ‘देश अप्ठ्यारो अवस्थामा रहेको अवस्थामा कांग्रेस एक भएर अगाडि बढ्न जरुरी छ’, देउवाले भने ‘कम्युनिष्ट शासन स्थापित भएपछि जनताका अधिकार कुण्ठित हुनेछन्।’ 

नेपाली कांग्रेस आन्तरिक विवादका कारण कमजोर भएपनि कांग्रेस एक ढिक्का हुने बितिकै कम्युनिष्टहरु परास्त हुने जिकिर गरे। बिगतका चुनावमा कांग्रेसभित्र घात, अन्तरघात भएको उल्लेख गर्दै सभापति देउवाले आफ्नै साथीलाई हराएर बहादुरी देखाउनेलाई पहिचान गरी कारबाही नगर्दासम्म पार्टी बलियो नहुने तर्क गरे।

अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा महामन्त्री शशांक कोइराला लगायत केन्द्रिय नेताहरुको उपस्थिती रहेको थियो। 

प्रकाशित: २५ भाद्र २०७५ ०७:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App