८ वैशाख २०८१ शनिबार
अर्थ

सिटिसी मलमा सामसुङ मोबाइल एक्स्पो हुने

काठमाडौं— राजधानीको सुन्धारास्थित सिटिसी मलले मोबाइल एक्स्पो आयोजना गर्ने भएको छ। सामसुङको मुख्य प्रायोजनमा हुने एक्स्पो असोज ५ गतेबाट सुरु हुने छ।

उक्त मोबाइल बजारमा एकै छानामुनि डेढ दर्जन मोबाइल कम्पनीहरुले सर्भिस सेन्टर संचालन गरिरहेका छन्। ८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल कारोबार गरिने  एक्स्पोमा ब्राण्डेड मोबाइल र एशेसरिजको खरिदमा आकर्षक छूट सुबिधा उपलब्ध हुन आयोजकले जनाएको छ।

एक्सपोमा ३ लाखभन्दा बढी अवलोकनकर्ता आउने बिश्वास आयोजकले लिएको छ।

उक्त मोबाइल एक्स्पो प्रवद्र्धनका लागि शनिबार राजधनीमा साइकल र्यालीको आयोजना गरिएको थियो। साइकल र्यालीमा सहभागीले डोनेट गरेको रकम हर्टबिट नामक संस्थालाई हस्तान्तरण गरिएको जनाइएको छ।

२ सय ५० भन्दा बढी व्यवसायी तथा सर्वसाधारणले सहभागीता रहेको उक्त र्याली सुन्धाराबाट सुरु भई राजधानीको विभिन्न भागको परिक्रममा गरेको थियो।

प्रकाशित: १ आश्विन २०७३ १०:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App