८ वैशाख २०८१ शनिबार
अर्थ

महिन्द्राको अपग्रेड गरिएको पिकअप सार्वजनिक

काठमाडौं – महिन्द्रा कम्पनीले अपग्रेड गरेको महिन्द्रा पिक अप नेपाली बजारमा ल्याएको छ । नविन तथा आकर्षण आवरणसहित नेपाली बजारमा सार्वजनिक गरिएको हो । यसमा ६ गियर, १ सय ३ किलोवाट सहितको शक्तिशाली टर्बो डिजल शक्ति रहेको छ । यस्तै २ हजार ५ सय किलो भारवहन क्षमता गाडीमा रहेको कम्पनीले जनाएको छ। 

महिन्द्राले वर्षौंदेखि स्कर्पियो ब्रान्डमार्फत डबल क्याब बजारको लिडर बनिरहेको छ । यो पिकअप ४÷४ मा समेत उपलब्ध रहेको जारी विज्ञप्तिमा उल्लेख छ । रिमोट सेन्ट्रल लकिङ, क्रुज कन्ट्रोल, नेभिगेसन, अटो क्लाइमेट कन्ट्रोल र मल्टिफंक्सन स्टेरिङ ह्विल लगायत विशेषता रहेको कम्पनीले जनाएको छ। 

गाडीमा एबिएस, डुअल एयरब्याग, कोल्याबसिबल स्टेरिङ कोल्मन लगायत विशेषता छन् । कम्पनीका अनुसार स्टेटिक बेन्डिङ कर्निङ ल्याम्प प्रविधि भएकाले रातमा गाडी चलाउँदा सहज अनुभव हुने विज्ञप्तिमा छ।

 

प्रकाशित: २५ भाद्र २०७५ ०७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App