coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

शिवम् प्लस ओपिसी सिमेन्ट बजारमा

काठमाडौं – शिवम् सिमेन्टले ‘शिवम् प्लस’ ओपिसी सिमेन्टलाई नेपाली बजारमा ल्याएको छ । मजबुत तथा दिगो निर्माणको लक्ष्य राखेर कम्पनीले वर्षाैंदेखि गुणस्तरीय सिमेन्ट बजारमा ल्याएको छ । यही क्रममा ‘शिवम् प्लस’ ओपिसी सिमेन्ट  बजारमा ल्याएको हो । उपभोक्तालाई थप उत्कृष्ट गुणस्तर प्रदान गर्ने कम्पनीको उद्देश्य छ।

कम्पनीका अनुसार यो सिमेन्ट नेपाल गुणस्तर चिह्नका साथै आइएसओ ९००१, आइएसओ १४००१, ओएचसिएएस १८००१, आइएसआई र युआरएसबाट प्रमाणित छ । सिमेन्ट भएको थप क्षमताले निर्माणलाई मजबुत र सबल बनाउने छ । यो नयाँ सिमेन्टमा भौतिक तथा रासायनिक गुण पनि बजारमा उपलब्ध अन्य सिमेन्टमा भन्दा उत्कृष्ट रहेको कम्पनीको दाबी छ।

‘उत्कृष्टताको आकांक्षा, प्रगतिशील जीवनको पहिचान’ नाराका साथ आएकोे यो सिमेन्ट अहिलेलाई सीमित वितरकसमक्ष मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले मकवानपुरगढी क्षेत्रमा अवस्थित आफ्नै चुनढुंगा खानीबाट ल्याइएको उच्च कोटीको चुनढुंगा प्रयोग गर्छ । यो सिमेन्ट पनि यही उच्चस्तरीय कच्चा पदार्थ प्रयोग गरी उत्पादन गरिएको हो । यो गुणस्तरलाई कायम राख्न विशेष प्रकारको लेमिनेटेड बोरामा प्याकेजिङ गरिएको छ।

प्रकाशित: २५ भाद्र २०७५ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App