७ वैशाख २०८१ शुक्रबार
अर्थ

द ब्रिटिस कलेजमा दीक्षान्त

काठमाडौं – द ब्रिटिस कलेजले आयोजना गरेको चौथो दीक्षान्त समारोहमा २ सय २५ विद्यार्थी दीक्षित भएका छन्। बौद्धस्थित हायात रिजेन्सीमा आयोजित दीक्षान्त कार्यक्रममा विशिष्ट व्यक्तिको उपस्थिति रहेको कलेजले जनाएको छ।

दीक्षित हुनेमा ६० जना बिबिए (हन्स) बिजनेस एन्ड म्यानेजमेन्ट, ३० जना एमएस्सी इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट (द युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्यान्ड, ब्रिस्टल), १सय २३ जना बिएस्सी (हन्स) कम्प्युटिङका र १२ जना एमबिए (एक्जिक्युटिभ) (लिड्स बेक्केट युनिभर्सिटी) विद्यार्थी थिए । यो हालसम्मकै सबैभन्दा धेरै विद्यार्थी दीक्षित भएको वर्ष रहेको कलेजले जनाएको छ।

प्रमुख अतिथि माइकल रटल्यान्ड ओबिइ (भुटानका लागि ब्रिटिस अनररी काउन्सेल तथा द ब्रिटिस कलेजका सल्लाहाकार), द ब्रिटिस कलेजका सिइओ तथा संस्थापक राजन कँडेल पाउल क्लिभेस (इटोन कलेजका पूर्वभूगोल प्रमुख तथा द ब्रिटिस कलेजका सल्लाहाकार), डाक्टर चिरन थापा (मान्यताप्राप्त शिक्षाविद् तथा द ब्रिटिस कलेजका सल्लाहाकार), रिचार्ड मोरिस (नेपालका लागि बेलायती राजदूत), राजेन्द्र खेतान (खेतान ग्रुपका कार्यकारी निर्देशक), केशव अधिकारी (शिक्षा मन्त्रालय), अनुबन्ध प्राप्त विश्वविद्यालयका प्रतिनिधि डोना वाइटहेड (प्रो भाइस चान्सलर र कार्यकारी डिन, ब्रिस्टल बिजनेस स्कुल एन्ड ब्रिस्टल ल स्कुल, युडब्लुई), लेस्ली अर्ली (प्रिन्सिपल अफ लिड्स बेक्केट) को उपस्थिति थियो।

प्रकाशित: २५ भाद्र २०७५ ०६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App