coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेविसंघले आफ्नो झण्डा, राष्ट्रिय झण्डा र संविधान सगरमाथा पुर्याउने

काठमाडौं–नेपाल विद्यार्थी संघले आफ्नो ४६ औं जन्मजयन्तीको अवसरमा संगठनको झण्डा र नेपालको राष्ट्रिय झण्डा र संविधानसभाले जारी गरेको नेपालको संविधान विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याउने भएको छ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी मंगलबारबाट सगरमाथाको आरोहण सुरु गर्न लागेका झापा, धुलाबारी क्याम्पसका विद्यार्थी अनिष लुईटेलले ती सामग्री सगरमाथाको चुचुरोमा पुर्याउने जानकारी दिइयो।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष रञ्जित कर्णले ती सामग्री आरोही लुईटेललाई हस्तान्तरण गरेका थिए। सो अवसरमा उनले नेपालको संविधान संसारकै उत्कृष्ट भएकोले विश्वकै सर्वोच्च शिखरमा पुर्याएर सकारात्मक सन्देश दिन लागिएको भन्दै लुर्इँटेललाई आरोहणको सफलताको सुभकामना दिए ।

उनले संविधान जारी भएपछि मुलुक आर्थिक समृद्धिमा जाने विश्वास ब्यक्त गरिए पनि सरकारले कालोबजारीको समानान्तर अर्थतन्त्र चलाएर मुलुकको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाए । उनले अब राजनीतिक क्रान्तिको युग सकिएकोले युवा विद्यार्थीहरुको आन्दोलन सडकमा भन्दा पनि अािर्थक समृद्धिको लागि हुनु पर्नेमा जोड दिए।

प्रकाशित: ४ वैशाख २०७३ १८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App