८ वैशाख २०८१ शनिबार
खेल

राष्ट्रिय महिला भलिबल आजदेखि

काठमाडौं -  नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा सोमबारदेखि राष्ट्रिय महिला भलिबल हुने भएको छ। लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा ७ टिमलाई दुई समूहमा विभाजन गरिएको  छ।

समाजका पूर्वअध्यक्ष धर्ममानसिंह भण्डारीका अनुसार समूह ‘ए’ मा एपिएफ, नेपाल पुलिस, जावलाखेल र चितवान टाइगर रहेका छन् भने ‘बी’ मा शिवम् न्यु डायमन्ड, टप्स मावि र त्रिभुवन आर्मी क्लब छन्। भाद्र २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले १ लाख, उपविजेताले ६५ हजार, तेस्रोले २५ हजार र चौथो स्थान हात पार्नेले १५ हजार नगद प्राप्त गर्नेछन्।

प्रकाशित: २५ भाद्र २०७५ ०३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App