coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

यस्ता फ्यान जसले मृत्यु शैयामा म्यानचेस्टर युनाइटेडका खेलाडीलाई भेटे

म्यानचेस्टर–मृत्यु शैयामा म्यानचेस्ट युनाइटेडका खेलाडीहरुलाई भेटेको ४५ मिनेटमा एक समर्थकको मृत्यु भएको छ।

 म्यानचेस्टमा बसोबास गर्ने ७३ वर्षीय प्याट्रिक ललर आफ्नो जीवनभरी म्यानचेस्टर युनाइटेडका कट्टर समर्थकका रुपमा रहे। विगत लामो समयदेखि उनी क्यान्सरबाट पीडित थिए । मृत्यु शैयामा जीवनका लागि लडिरहेका ललर केहि समय पहिले आफ्नो परिवारलाई एक अनौठो इच्छा व्यक्त गरे। उनले आफ्नो अन्तिम इच्छा म्यानचेस्टरका खेलाडीलाई भेट्ने रहेको बताए।

उनको इच्छा सुनेको केहि क्षणमा नै उनकी नातिनी केलिगले आफ्नो हजुरबुबाको अन्तिम इच्छालाई सामाजीक संजालमा फेसबुकमा पोस्ट गरिन्। उनको उक्त पोस्ट सामाजीक संजालमा भाइरल भयो । त्यही फेसबुक पोस्ट देखेर म्यानचेस्टरका चार खेलाडी उनलाई भेट्न अस्पताल गएका थिए । उनलाई भेट्न मार्कुस रासफोर्ड, जेसी लिनगार्ड, एस्ले योङ र टिमोशी फोसु–मेनशा अस्पताल पुगेका थिए।

खेलाडीहरुलाई उनीसंग केहि समय कुराकानी गर्दै उनीसंग तस्बिर खिचाएका थिए तथा उनीहरुले उनलाई हस्ताक्षर गरिएको म्यानचेस्टर युनाइटेडको जर्सी समेत प्रदान गरेका थिए।

आफ्नो प्रिय क्लबको खेलाडीहरु भेटेको   ४५ मिनेटमा नै उनको मृत्यु भएको थियो।

 

 

 

प्रकाशित: १ आश्विन २०७३ ०८:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App