७ वैशाख २०८१ शुक्रबार
समाज

धानबारीमा महिलाको शव फेला

सर्लाही– सर्लाहीको सदरमुकाम मलंगवा स्थित धानखेतको बीचमा महिलाको शव फेला परेको छ।

सदरमुकाम मलंगवा स्थित गणेशीयाबाट मुसैली जाने सडकखण्ड नजिक मलंगवा नगरपालिका–७ स्थित धानखेतको आलीमा घोप्टो परेको अवस्थामा आइतबार साँझ सबा ७ बजे महिलाको शव फेला परेको हो। करिब ३० वर्षीय महिलाको शव फेला परेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए। ‘वडा अध्यक्षज्यूले खबर गर्नुभएपछि जानकारी पायौं’, प्रहरी उपरीक्षक पोखरेलले भने, ‘अहिले घटनास्थलमै छौं, अनुसन्धान भइरहेको छ।’

चोलो र पेटिकोट लगाएको एवं साडीले घाँटीमा बेरिएको अवस्थामा मृतक महिलाको शव फेला परेको हो ।

प्रकाशित: २५ भाद्र २०७५ ०२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App