८ वैशाख २०८१ शनिबार
अन्य

अरुका लागि संविधान संशोधन हुन सक्दैन: ओली

काठमाडाैं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान अरुका एजेन्डाका लागि संशोधन हुन नसक्ने बताएका छन्। मोतिदेवी जेष्ठ नागरिक आवास गृहको आज नागार्जुन नगरपालिका– १० भीमढुङ्गामा उद्घाटन गदै उनले संविधान संशोधन नेपाली जनतालाई मान्य र स्वीकार्य हुने खालको हुनु पर्ने बताए।

उनले संविधान अनेकथरिसँग सम्झौता गरेर बनाइएकाले अहिले केहीले देशभित्र र बाहिर संविधान संशोधन र स्वीकार्य भन्ने शब्द चट्की र षड्यन्त्रपूर्वक रुपमा उठाइरहेको बताए।
उनले अरुको एजेन्डामा संविधान संशोधन गर्ने प्रयास भइरहेको बताउँदै त्यसलाई नेपाली जनताले स्वीकार नगर्ने उल्लेख गरे।

‘‘जहाँसुकै सम्झौता होस् जुनसुकैसँग होस् तर नेपाली जनताले राष्ट्रिय हितका लागि काम गर्छन्’’उनले भने,‘‘हामी त्यस्ता जुनसुकै ठाउँमा नेपालको हित विपरीत गरिएको जोसँग सम्झौता गरेपनि कार्यान्वयन हुन दिने छैनौँ ।’’

अध्यक्ष ओलीले नेपाल देश नेपालीले नै चलाउने बताउँदै अरुको आवश्यकता नपर्ने जिकिर गरे । उनले अहिलेको सरकारले अर्काको एजेन्डाको भारी बोकेको र राजनीतिक रुपमा द्वन्द र भिडन्तमा देशलाई लैजान खोजेको आरोप लगाए ।

कार्यक्रममा एमाले उपाध्यक्ष तथा केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यले मोतिदेवी श्रेष्ठले देखाएको बाटोमा लाग्नुपर्ने धारणा राख्दै सामाजिक र आर्थिक रुपान्तर गर्नुपर्ने बताए।

कार्यक्रममा नेपाली काग्रेसका सांसद ध्यानगोविन्द रञ्जित, राप्रपा नेपालका नेता तथा पूर्व सांसद विक्रमबहादुर थापाले मोतिदेवीले नेपाली कम्युनिष्ट आन्दोलनमा गरेको योगदानको चर्चा गरेका थिए।

करिब रु ७० लाखमा निर्माण गरिएको सो आवासगृह राजनीतिमा लागेर विस्थापित हुनपुगेका वृद्धाका लागि बनाइएको केन्द्रकी सचिव धनकुमारी सुनारले बताए।

६ कोठा रहेको आवासगृहमा करिब ४० जना वृद्धवृद्धा राख्न सकिने व्यवस्था रहेको छ । ललितपुरमा जन्मिनु भएका मोतीदेवी नेपाल कम्युनिष्ट पार्टीको संस्थापक सदस्य थिइन्। मोतीदेवीको २०५४ सालमा निधन भएको थियो । रासस

प्रकाशित: १ आश्विन २०७३ ०८:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App