५ वैशाख २०८१ बुधबार
समाज

राेल्पामा गाेली चल्याे, एककाे मृत्यु

काठमाडाैं - रोल्पाको सुलिचौरमा आइतवार साँझ गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। गोली लागी मृत्यु हुनेमा रोल्पा नगरपालिका २ का २९ वर्षीय रोहित पुन रहेका छन्। केहि समय अघि मात्रै खुलेको रेष्ट प्वाइन्ट होटलमा गोली चल्दा पुनको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। पुनको छातीमा ३ गोली लागेको छ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले रोल्पा नगरपालिका १० धबाङका ३० वर्षीय देवबहादुर घर्तीलाई पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले एकथान पेस्तोल समेत बरामद गरेको छ। पुन नेपाल तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष समेत हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

प्रकाशित: २४ भाद्र २०७५ १४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App