अबैध सम्बन्ध राखेकाे भन्दै गोली हानी हत्या

शनिबार, ०१ असोज २०७३, १३ : ३९ सिद्धराज राई

धनकुटा–धनकुटाको डाडाँगाउँ गाविस–१ मा अर्काकी श्रीमतीसँग यौन क्रियाकलपमा संलग्न भएको भन्दै एक युवाको गोली हानी हत्या भएको छ। आफ्नो कान्छी बुहारीसँग खुल्ला चौरमा यौन क्रियाकलप गरिरहेको देखेपछि स्थानीय ४८ वर्षीय चक्र भनिने खड्गबहादुर गुरुङले भरुवा बन्दुकले गोली हानेर हत्या गरेका हुन्।

डाँडागाउँ गाविस क्षेत्रमा ट्यक्टर चलाउँदै आएका धनकुटा नगरपालिका–१४ बेलहराका वर्ष २६ का प्रेम भण्डारीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। हत्या गरिएका भण्डारीको शव घटनास्थल नजिकै रहेको खोल्सीमा लगेर फालिएको अवस्थामा प्रहरी फेला पारेको छ।

हत्यामा संलग्न गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। वैदेशिक रोजगारीको क्रममा हाल मलेसियामा रहेका कान्छा छोराकी श्रीमतीसँग भण्डारीले खुल्ला चौरमा यौन क्रियाकलाप देखेर रिस थाम्न नसरी घरमा रहेको बन्दुक ल्याएर गोली हानेको गुरुङले प्रहरीलाई बयान दिएको धनकुटाका प्रहरी उपरीक्षक विभुतीराज पाण्डेले बताए।

त्यसै गरी युवतीलाई बलात्कार गरेको अभियोगमा फुटबल प्रशिक्षक सुमन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। धनकुटाबाट हिलेबजारको एक होटलमा लगेर ती युवतीलाई ३ दिनसम्म बलात्कार गरेको आरोप लगाइएको छ। कोठामा थुनेर बलत्कार गरेको बताइएको छ। पीडित पक्षले अपहरण, बलात्कार र मानव बेचविखानको अरोप लगाएको छ। धनकुटाको फुटबलको विकासमा सक्रिय रहेका श्रेष्ठ वी लाइसेन्स प्राप्त प्रशिक्षक हुन्।    

 





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad