४ वैशाख २०८१ मंगलबार
अर्थ

शेयर बजार दोहोरो अङ्कले ओरालो

काठमाडाैं- धितोपत्र बजार अाइतबार दोहोरो अङ्कले ओरालो लागेको छ। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.७९ विन्दुले घटेर एक हजार २१८.९८ विन्दुमा झरेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.१९ विन्दुले घटेर २५८.१६ विन्दुमा पुगेको छ। 

नेप्से परिसूचक घटे पनि आज कारोवार रकम भने बढेको छ। कूल १६६ कम्पनीको १२ लाख ७२ हजार १०८ कित्ता शेयर रु ३२ करोड ७० लाख २५ हजार ७४१ मूल्यमा खरिद बिक्री भएको छ। 

आज सबै उपपसमूहको शेयर ओरालो लाग्दा बजार प्रभावित भएको हो। बैंकिङ ७.१६, व्यापार ०.४२, होटल ४.२३, विकास बैंक १५.३२, जलविद्युत् १४.४३, वित्त १.०३, निर्जीवन बीमा ८५.९४, उत्पादन ६.८१, अन्य ८.०८, माइक्रोफाइनान्स २४.९३ र जीवन बीमा ६७.४२ विन्दुले घटेको छ। 

प्रकाशित: २४ भाद्र २०७५ १३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App