coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘अप्रिल फुल’ को विमोचन

काठमाडाैं- पत्रकार कृष्ण आचार्यद्वारा लिखित उपन्यास ‘अप्रिल फुल’ को विमोचन भएको छ। शनिबार प्रज्ञा भवन कमलादीमा आयोजित एक समारोहकाबीच साहित्यकार कृष्ण धरावासी, गायक हेमन्त शर्मा र कवि ज्योति जंगलले उपन्यास उपन्यास अप्रिल फुलको संयुक्त रुपमा विमोचन गरेका हुन्।

पत्रकार आचार्य नयाँ पत्रिका दैनिकमा कार्यरत छन्। आचार्यको यो पहिलो कृति हो।

विमोचन कार्यक्रममा बोल्दै साहित्यकार धरावासीले ‘अप्रिल फुल’ले वर्तमान युवापुस्ताको मनोवैज्ञानिक भावनाको प्रतिनिधित्व गरेको बताए। उनले भने, ‘मलाई अप्रिल फुल पढ्दा कतै अल्छी लागेन, यो नै उपन्यासको पहिलो सफलता हो।’ उनले उपन्यासको भाषा शैलीको प्रशंसा गरे।

कार्यक्रममा गायक हेमन्त शर्माले युवापुस्ताको प्रेमलाई केन्द्रमा राखेर तयार पारिएको ‘अप्रिल फुल’ ले सफलता पाउने विश्वास व्यक्त गरे। ‘आचार्यको लेखनशैली र उपन्यासले समेटेको विषय तारिफगोग्य छ,’ गायक शर्माले भने, ‘यो उपन्यासले युवापुस्ताले रुचाइएको उपन्यासमा आफ्नो नाम दर्ज गर्ने विश्वास लिएको छु।’

कवि ज्योति जंगलले उपन्यासले नारी चरित्र र भावनाको उचित प्रतिनिधित्व गरेको गरेको बताइन्। ‘वर्तमान किशोर र युवापुस्ताको मनोभावना बुझ्न उपन्यासले सहयोग गर्छ,’ उनले भनिन्।

लेखक आचार्यले उपन्यासमा आफूले वर्तमान युवापुस्ताको मनो दशालाई उतार्ने प्रयास गरेको बताए। ‘पछिल्लो समय नेपाली किशोर पुस्तामा विकास हुँदै गएको प्रेम, विछोड, यौनिक गतिविधिसहितका मनोभावनालाई उपन्यासमा समेट्ने प्रयास गरेको छु,’ आचार्यले भने, ‘आफ्ना किशोरावस्थाका छोराछोरीको मनोभावना र क्रियाकलाप बुझ्न अभिभावकलाई यो उपन्यासले सहयोग पुर्‍याउनेछ ।’

युरेका पब्लिकेसनले प्रकाशन गरेको पुस्तकको मूल्य तीन सय ५० रुपैयाँ राखिएको छ। सार्वजनिक हुनुअघि नै अप्रिल फुलले निकै चर्चा पाइसकेको छ। आचार्यले पुस्तक लेखनलाई निरन्तरता दिने बताएका छन्।

प्रकाशित: २४ भाद्र २०७५ १२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App