coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सप्तकोसीमा डुंगा पल्टियो, ३७ जनाको उद्दार

इटहरी–सुनसरीको श्रीलंका टापुबाट कोसी पूर्वको प्रकाशपुर राजावास आउँदै गरेको डुंगा सप्तकोसीमा पल्टिएको छ । ३७ जनाको उद्दार गरिएको छ  भने केही बेपत्ता भएको प्रहरीले जनाएको छ । करिव ४५ जना यात्रु सवार रहेको सो डुंगा सप्तकोसीमा पल्टिएको सुनसरीका डिएसपी विनोद घिमिरेले जानकारी दिए।

उद्दारको लागि ६ वटा ढुंगा र १ वटा मोटरवोट परिचालन गरिएको छ। पानी परेको कारणाले पनि उद्दारमा कठिनाई भएको प्रहरीले जनाएको छ।

कोसीको पूर्व भंगालोबाट दुई किलोमिटरको दूरीमा एउटा बस्ती छ त्यसैलाई श्रीलंका टापु भनिन्छ । सो बस्तीको पश्चिमतर्फ भागलपुर खोला छ। सो बस्तीबाट पूर्व आउनलाई डुंगा चढ्नुको विकल्प छैन ।

 

प्रकाशित: १ आश्विन २०७३ ०७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App