पत्रकारको न्यूनतम पारिश्रमिक ४० हजार बनाउन माग

आइतबार, २४ भदौ २०७५, १६ : ३० नागरिक

काठमाडौं- सञ्चार गृहहरुमा कार्यरत श्रमजीवी पत्रकार,कामदार/कर्मचारीको पारिश्रमिक वृद्धिको सिफारिस अबिलम्ब गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघ अन्तर्गतको श्रमजीवी हीत प्रवद्र्धन समितिले आज न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीको कार्यकक्ष घेराउ गरेको छ।
अपरान्ह महासंघका सचिव तथा समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको समितिको टोलीले पूर्व घोषित कार्यक्रम अनुसार समितिको सञ्चारग्रामस्थित अध्यक्षको कार्यकक्षमा एक घण्टा धर्ना तथा घेराउ गरेको हो। सो अवसरमा संयोजक दाहालले असोज १ गतेदेखि नै लागू हुने गरी श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक मासिक ४० हजार रुपैयाँ हुनुपर्ने, तहगत वर्गीकरण समेत गरी सबै तहको न्यूनतम पारिश्रमिक निर्धारण गर्नु पर्ने, पाँच वर्ष भन्दा बढी स्ट्रिन्जरका रुपमा नियमित काम गरेको राष्ट्रिय सञ्चारमाध्यमका श्रमजीवीहरुलाई न्यूनतम पारिश्रमिकको मापदण्डमा ल्याउनु पर्ने र महिना समाप्त भएको पहिलो हप्ताभित्रै बैकिङ प्रणालीबाट तलब भत्ता भुक्तानीको व्यवस्था गर्नुपर्ने मागहरु पुनः स्मरण गराएका थिए।
जवाफमा अध्यक्ष पराजुलीले पारिश्रमिक वृद्धिका लागि गठित कार्यदलले आजै समितिलाई प्रतिवेदन बुझाएकाले सोमबार बस्ने समितिको पूर्ण बैठकले महासंघको माग सम्बोधन हुने गरी निर्णय लिने जानकारी दिए। उनले यस पटक सञ्चारमाध्यमलाई राष्ट्रिय, प्रदेश र स्थानीय गरी तीन तहमा वर्गीकरण गरी त्यसभित्र पनि तीन वटा मापदण्ड बनाएर पारिश्रमिक वृद्धिको सिफारिस गरिने जानकारी दिए। उनले श्रमजीवी पत्रकारले सम्मानजनक पारिश्रमिक प्राप्त गर्नुपर्नेप्रति समिति गम्भीर रहेको पनि बताए।
 








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad