coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

घुस सहित महानगरका कर्मचारी पक्राउ

विराटनगर - घुस सहित  विराटनगर महानगरपालिकाका कर्मचारी पक्राउ परेका छन्। आइतवार सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका राजस्व शाखामा कार्यरत खरिदार तिलकमणी पोखरेल पक्राउ परेका हुन्।

पोखरेलले विराटनगर ७ की मीना शाक्यबाट ८५ हजार रुपैयाँ लिएर ७३ हजार ५ सय ५५ रुपैयाँको बिल दिएका थिए। घर सम्पन्न भएको प्रमाणपत्र लिन आउँदा सुरूमा एक लाख भन्दा बढी कर लाग्छ भनेको र पछि ८५ हजारमा मिलाइ दिउँला भनेर बिल भन्दा बढी रकम लिएको सेवाग्राही मीना शाक्यले बताइन्। उनका अनुसार पोखरेलले महानगरपालिकाका कार्यालय सहयोगी बुधलाल सरदार मार्फत रकम लिएका थिए। कर तिर्न आउँदा कर्मचारीले बार्गेनिङ गरेपछि शाक्यले विराटनगर ७का वडा अध्यक्ष मधुवाबु तिवारी र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई तिर्नु पर्ने भन्दा बढी रकम कर्मचारीले मागेको जानकारी गराएकी थिइन्। तिर्नुपर्ने भन्दा बढी रकम मागेको उजुरी गरेपछि शाक्यले दिएको नोटको नम्बर समेत टिपेर राखिएको वडा अध्यक्ष तिवारीले बताए।

घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका पोखरेल र सेवा ग्राहीबाट रकम लिएर कर दाखिला गर्ने बुधलाल सरदार दुबैलाई अनुसन्धानका लागि अख्तियारमा बुझाइने विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए।

प्रकाशित: २४ भाद्र २०७५ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App