६ वैशाख २०८१ बिहीबार
समाज

इलाममा तीन बम फेला

इलाम - इलाम सदरमुकाममा तीन वटा बम फेला परेको छ। इलाम नगरपालिका – ७ नारायण स्थान नजिकै तत्कालीन नेकपा माओवादी केन्द्र इलामको पार्टी कार्यालय नजिकै सो बम फेला परेको हो।

पार्टी कार्यालयमा पुरानो दुईवटा सकेट बम र एउटा सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। बम भेटिएको स्थानमा प्रहरीले सुरक्षा दिइरहेको र निष्क्रिय गर्ने काम भइरहेको बताइएको छ। गस्ती गर्ने क्रममा शङ्कास्पद वस्तु देखिएपछि जाँच गर्दा बम भएको पुष्टि भएको हो। रासस

प्रकाशित: २४ भाद्र २०७५ ०९:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App