coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हेलिकाेप्टर दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याइयाे

दुर्घटनामा परेकाे हेलिकाेप्टर ।

नुवाकोट - शनिवार विहान गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौं अाउँदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव आइतबार काठमाडौँ ल्याइएकाे छ। घटनास्थलबाट शव सङ्कलन गरी खेलकुद विकास समिति नुवाकोटको प्राङ्गणमा ल्याएर हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएकाे हो।

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पाइलट निश्चल केसीलाई अल्टिच्युड एयरलाइन्सकै अर्को हेलिकोप्टरले काठमाडौं ल्याएकाे जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। आइतबार विहान ८ बजेर ४५ मिनेटमा पहिलो उडान मार्फत अल्टिच्युड एयरलाइन्सले चालक केसी सहित दुई जना, त्यसलगत्तै सिम्रिक एयरले दुई जना र हेली एभरेष्टले दुई गरी ६ जनाको शव परीक्षणको लागी काठमाडौं स्थित शिक्षण अस्पताल ल्याएकाे हो।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए। अन्य यात्रुमा जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका १ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ रहेका थिए।

गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर नुवाकोटको मेघाङ गाउँपालिकाको वडा नम्बर १ बर्सुङचेतको मैलुङपाखाको जङ्गलमा दुर्घटना भएको थियो। दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते भएकी गोर्खाको चुमनुब्री गाउँपालिका– २ की ल्हो आनी डोल्पा डिकीलाई उपचारको लागि शनिवार नै काठमाडौँ पठाइएको थियो। गोरखाबाट काठमाडौं आइरहेको कल साइन ९ एन–ए–एल–एस को अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटनामा परेको हो।

 

प्रकाशित: २४ भाद्र २०७५ ०८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App