coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

फिफा र बालोन डी'ओरबीचको सम्झौताको अन्त्य

जेनेभा- विश्वको सर्वोच्च फुटबल संस्था फिफाले हरेक वर्ष विश्वका उत्कृष्ट वर्ष खेलाडीलाई प्रदान गरिन् बालोन डि'ओरसँगको सम्झौताको अन्त्य गरेको छ। फ्रान्सेली म्यागेजीनले सन् १९५६ देखि बालोन डि'ओर अवार्ड प्रदान गर्दै आएको थियो। तर फिफाले सन् २००९ देखि उक्त म्यागेजीनसँग सहकार्य गर्दै वर्षको उत्कृष्ट खेलाडीलाई फिफा बालोन डि'ओर अवार्ड प्रदान गर्दै आएको थियो।

त्यस्तै फिफाले पनि सन् १९९१ देखि २००९ सम्म आफैँ फिफा विश्व वर्ष खेलाडीको अवार्ड प्रदान गर्दै आएको थियो।

फ्रान्सेली म्यागेजीनलले फिफासँगको सहकार्यको अन्त्य भएपनि उक्त अवार्डलाई निरन्तरता दिने बताउँदै यसबारे विस्तृत विवरण सेप्टेम्बर २० सम्ममा दिने बताएको छ। त्यस्तै फिफाले पनि अब आफ्नै छुट्टै अवार्ड प्रदान गर्ने बताएको छ।

अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनाल मेसीले अन्तिमपटकसहित चार पटक फिफा बालोन डि'ओर जितेका छन्। पोर्चुगल तथा रियल मडि्रडका स्टार क्रिस्टियानो रोनाल्डोले दुई पटक बालोन डि'ओर जितेका छन्।

त्यस्तै ब्राजिलका काकाले सन् २००७ मा बालोन डि'ओर र  फिफाको विश्व वर्ष खेलाडी घोषित भएका थिए।

 

 

प्रकाशित: १ आश्विन २०७३ ०५:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App