coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मैत्रीपूर्ण खेलमा ब्राजिलको जित

इस्ट रुथरफोर्ड (एएफपी) – रोबर्टो फिर्मिनो र नेइमारको गोलप्रेरित ब्राजिलले शुक्रबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अमेरिकालाई २–० ले पराजित गरेको छ।

रूस विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएपछि पहिलो पटक अन्तर्राष्ट्रिय खेलका लागि मैदान फर्किएको ब्राजिलले न्यु जर्सीस्थित मेट लाइफ रंगशालामा घरेलु टोलीलाई पूर्ण रूपमा दबाबमा राखेको थियो।

दक्षिण अमेरिकी महारथी ब्राजिलले अमेरिकालाई यसअघिका १० भेटमा पनि निराश पारेको थियो। अमेरिकाले १९९८ मा मात्र एक पटक ब्राजिललाई पराजित गरेको छ।

११औं मिनेटमा फिर्मिनोले गरेको गोलमा ब्राजिलले अग्रता लिएको थियो । फिर्मिनोले डग्लास कोस्टाको पासलाई जाली चुमाएका थिए । मध्यान्तर हुन २ मिनेट बाँकी हुँदा नेइमारले पेनाल्टीमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारेका थिए । अमेरिकाका कप्तान विल ट्रापले फाबिन्होलाई लडाएपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो।

पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेइमारको यो ९१औं खेलमा ५८औं अन्तर्राष्ट्रिय गोल हो। उनी ब्राजिलका सर्वकालीन गोलकर्ताको सूचीमा तेस्रो स्थानमा छन्। ७७ गोल गरेका पेले ब्राजिलका सर्वकालीन गोलकर्ता हुन् भने रोनाल्डोले ६६ गोल गरेका छन्।

‘हामीले विश्व फुटबलको दाबेदार राष्ट्रसँग प्रतिस्पर्धा ग-यौं, ‘अमेरिकाका प्रशिक्षक डेभ साराचनले भने, ‘हामी सुरुआतबाटै आत्तियौं र त्यसको प्रभाव अन्त्यसम्म कायम रह्यो।’

त्यस्तै अर्जेन्टिनाले ग्वाटेमालालाई ३–० ले पराजित ग-यो। २७औं मिनेटमा मार्टिनेजको गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो। त्यसको ८ मिनेटपछि लो सेल्सोले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारेका थिए। मध्यान्तर हुन एक मिनेट बाँकी हुँदा सिमोनीले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरेका थिए।

शुक्रबार सम्पन्न अन्य मैत्रीपूर्ण खेलमा उरुग्वेले मेक्सिकोलाई ४–१ ले पराजित गरेको हो। त्यस्तै कोलम्बियाले भेनेजुएलालाई २–१ र इक्वेडरले जमैकालाई २–० ले निराश पारे।

नेइमारको यो ९१औं खेलमा ५८औं अन्तर्राष्ट्रिय गोल हो। उनी ब्राजिलका सर्वकालीन गोलकर्ताको सूचीमा तेस्रो स्थानमा छन् । ७७ गोल गरेका पेले ब्राजिलका सर्वकालीन गोलकर्ता हुन् भने रोनाल्डोले ६६ गोल गरेका छन्।

प्रकाशित: २४ भाद्र २०७५ ०३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App