coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपोलीप्रति सारीको गुनासो

मिलान – चेल्सीका प्रशिक्षक माउरिसियो सारीले शुक्रबार आफूले पूर्वक्लब नेपोलीबाट बर्खास्तगीमा परेको खबर टेलिभिजनबाट थाहा पाएको खुलासा गरेका छन्।

गत सिजन नेपोलीलाई इटालियन सिरी ‘ए’ को उपविजेता बनाउँदै युभेन्ट्सलाई कडा चुनौती दिएका सारीको क्लबमा सम्झौता अझै २ वर्ष बाँकी  थियो । सारी यसै सिजन एन्टोनियो कोन्टे बर्खास्तगीमा परेपछि चेल्सीको नयाँ प्रशिक्षकमा नियुक्त भएका थिए।

तर सारीले नेपोली बसाइका बारेमा निर्णय गर्न समय मागिरहँदा क्लबले कार्लो एन्सेलोट्टीलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको थियो।

‘म साथीभाइहरूसँग खाना खाइरहेको थिएँ। हामीबीच मेरो क्लब बसाइकै विषयमा छलफल भएको थियो,’ सारीले भने, ‘जब हामीले टेलिभिजन खोल्यौं। एन्सेलोट्टी नेपोलीको मुख्यालयमा प्रवेश गरिरहेको देख्याैं। क्लबले मेरो सम्झौतालाई सम्मान गरेन। मैले क्लबलाई गत सिजन उपाधिनजिक पु-याएको थिएँ । आशा छ एन्सेलोट्टीले क्लबलाई सिरी ‘ए’ च्याम्पियन बनाउनेछन्।

नेपोलीले पछिल्लो पटक १९९० मा सिरी ‘ए’ को उपाधि जितेको थियो।

प्रकाशित: २४ भाद्र २०७५ ०३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App