७ वैशाख २०८१ शुक्रबार
समाज

१० केजी सुन सहित दुई पक्राउ

गोरखा - गोरखाको चुमनुब्री गाउँपालिका ३ सिर्दिबासबाट १० केजी सुन सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही गाउँपालिकाको वडा नम्बर ७ का ५८ वर्षीया मुटुप लामा र २८ वर्षीय लोप्चन तेन्वे रहेका प्रहरीले जानकारी दिएको छ। उनीहरुलाई प्रहरीले शनिवार पक्राउ गरेको हो।

‘नियमित चेकजाँचको क्रममा सिर्दिबास प्रहरी चौकीले १० केजी सुन सहित २ जनालाई पक्रउ गरेको छ’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी महेन्द्र नेपालले भने। पक्राउ परेकाहरु छेकम्पारबाट सिर्दीबास, आरुघाट हुँदै काठमाडौँ जान लागेको बताइएको छ। सिर्दिबास प्रहरी चौकीले दिउँसो ४ बजे उनीहरुलाई पक्राउ गरेको हो।

सिर्दिबास गोरखा सदरमुकामबाट दुई दिनमा पुगिन्छ। तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिकाको छेकम्पारबाट उनीहरु आएकाले तिब्बतबाट सुन तस्करी गरेको आशंका प्रहरीको छ।

प्रकाशित: २३ भाद्र २०७५ १४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App