७ वैशाख २०८१ शुक्रबार
समाज

राष्ट्रिय विकास लक्ष्यमा क्रियाशील हुन राष्ट्रपतिको आह्वान

तस्बिरः रासस

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकको स्तरमा रुपान्तरण गर्ने राष्ट्रिय लक्ष्यमा क्रियाशील हुन आह्वान गरेकी छन्। 

३९औँ राष्ट्रिय शिक्षा दिवस–२०७५ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा साक्षरता दिवस मूल समारोह समितिद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित ‘नेपाल विद्याभूषण पदक र नेपाल छात्रा विद्या पदक वितरण समारोह’ मा राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन्। 

राष्ट्रपति भण्डारीले भनिन,'सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्न सबै तहका सरकार समन्वय र सहकार्यको दिशामा अग्रसर बनेका छन्, सन् २०२० सम्ममा नेपाललाई विकासशील राष्ट्रको रुपमा स्तरोन्नति गर्ने, सन् २०२२ सम्ममा अल्पविकशीत राष्ट्रबाट विकासशील राष्ट्रमा अगाडि बढाउने सामूहिक दायित्वलाई पूरा गर्न राज्यका सम्पूर्ण निकाय क्रियाशील हुन हार्दिक आह्वान गर्दछु।'

 संविधानले शिक्षालाई नागरिकको मौलिक अधिकारको रुपमा स्थापित गरेको सन्दर्भमा आधारभूत शिक्षालाई अनिवार्य र माध्यमिक शिक्षालाई निःशुल्क गर्ने सङ्कल्पलाई पूरा गर्न सबै प्रतिबद्ध हुनुपर्नेमा उनले जोड दिइन्। उच्च शिक्षालाई सर्वसुलभ, युग सुहाउँदो र जीवन उपयोगी बनाउँदै बालबालिकालाई उच्चस्तरको राष्ट्रिय भावनाबाट प्रेरित भई समाजप्रति सर्मपित हुने उच्च नैतिकवान र कर्तव्यनिष्ट बनाउने शिक्षा प्रदान गर्न सदा कटिबद्ध हुनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ। 

राष्ट्रपति भण्डारीले देश विकासका लागि आवश्यक पर्ने गुणस्तरीय जनशक्ति तयार पार्न विश्व विद्यालय र शैक्षिक प्रतिष्ठान कटिबद्ध हुनुपर्नेमा जोड दिइन। गहन राष्ट्रिय दायित्वलाई मध्यनजर गर्दै यो वर्ष सरकारले ३९ औँ शिक्षा दिवसका लागि ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति एवं दिगो शैक्षिक पूर्वाधार’ मूल भावना साथ कार्यक्रम अगाडि बढाएको छ। कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थिति थियो। 

सोही अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार समृद्ध नेपाल, सुखी नेपाली भन्ने दीर्घकालीन सोचसहित राष्ट्र विकासको अभियानमा जुटिरहेको सन्दर्भमा साक्षरता दिवसको अवसरमा विभूषितले प्राप्त गरेको ज्ञान, सीप र दक्षता अभियानको निम्ति उपयोगी हुने विश्वास व्यक्त गरे।रासस

प्रकाशित: २३ भाद्र २०७५ १३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App