७ वैशाख २०८१ शुक्रबार
राजनीति

मन्त्रिमण्डल हेरफेरको कुनै सम्भावना छैन : गृहमन्त्री थापा

गोरखा - गृहमन्त्री रामबहादुर थापाले तत्कालै मन्त्रिमण्डल हेरफेरकोे कुनै सम्भावना नरहेको बताएका छन्। गोरखामा अायाेजना भएकाे कार्यक्रममा सहभागी हुन शनिवार गाेरखा अाएका गृहमन्त्री थापाले सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिमण्डल हेरफेरकाे कुरा सत्य नभएको बताए।

"बाहिर चर्चामा आएजस्तो मन्त्रिपरिषद्मा परिवर्तन गर्ने विषयमा कुनै छलफल नै भएको छैन", गृहमन्त्री थापाले भने, “यस विषयमा बाहिर आएका सबै कुरा गलत हुन्।” सरकारले छ महिनामा थुप्रै उल्लेख्य काम गरेको दाबी गर्दै गृहमन्त्री थापाले सरकारको कामलाई अझ गति  दिन र व्यवस्थित गर्न आवश्यक रहेकाे बताए। यातायातका क्षेत्रमा रहेको एकाधिकारको अन्त्य, भ्रष्टाचार न्यूनीकरणमा विशेष पहल, तस्कर नियन्त्रणलगायतका क्षेत्रमा सरकारले विशेष काम गरेको भन्दै गृहमन्त्री थापाले अझै धेरै काम गर्न बाँकी रहेको बताए।

समयमा विकास निर्माणका काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याउन सरकार लागिपरेको थापाकाे दावी छ। “ठेकेदारलाई कारवाही गर्न सरकार पछि हटेको भन्ने होइन, अहिले पहिलेको तुलनामा ठेकेदारले काम गरिरहेका छन्," थापाले भने "काम नगर्नेलार्इ कारवाही गर्छाै। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीतर्फ लक्षित गर्दै गृहमन्त्री थापाले भने, “अहिले केही तत्वहरुले सङ्घीयता कार्यान्वयन हुन नदिन, समाजमा अराजकता मच्चाउन लागिपरेका छन्, तिनीहरुलाई पनि नियन्त्रणमा ल्याइसकेका छौँ।” रासस

प्रकाशित: २३ भाद्र २०७५ ११:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App