coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तरी जाम्बियामा सडक दुर्घटना, चौबिस जनाको मृत्यु

लुसाका- उत्तरी जाम्बियाको सेरेन्जे सहरमा शुक्रबार भएको सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ। शुक्रबार बिहानै ६९ जना यात्रु लिएर उत्तरी सहर नाकोन्डेबाट सेरेन्जेतर्फ हिँडिरहेको बसले घुम्तिमा नियन्त्रण गुमाउदा दुर्घटनाग्रस्त भएको थियो। 

उक्त दुर्घटनामा २१ जनाको घटनास्थलमै मृत्यु भएको थियो। तीन जना सडक सुरक्षा विभागका कर्मचारी तथा अग्नी नियन्त्रकको सडक दुर्घटनापछि घाइते मानिसलाई उद्धार गर्ने क्रममा अर्को एक ट्रक आएर धक्का दिएका कारण मृत्यु भएको बताइएको छ। 

प्रकाशित: १ आश्विन २०७३ ०४:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App