८ वैशाख २०८१ शनिबार
राजनीति

पार्टी भित्रै व्यक्तिगत स्वार्थ हावी छ : प्रवक्ता श्रेष्ठ

सिन्धुली - नेपाल कम्युनिष्ठ पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी  भित्र गुटैगुटको बिगबिगी रहेको बताएका छन्। 'व्यक्तिगत स्वार्थका लागि पार्टीभित्र गिरोह र गुटको विगविगीनै छ', प्रवक्ता श्रेष्ठले भने ‘तत्कालिन माओवादी तथा नेकपा एमालेभित्रकै गुट अझै कायम छ।' शुक्रवार सिन्धुली स्थित पार्टी कार्यालयमा बोल्दै श्रेष्ठले गुटगत राजनीतिले पार्टी एकतामा समेत असर पुर्याइरहेको बताए।

पार्टी अब मान्छे-मान्छे तथा व्यक्तिले चल्न नसक्ने बताउँदै उनले व्यक्तिगत स्वार्थ र गुट भन्दा माथि उठेर पार्टीलाई विधि र पद्धतीमा चलाउनुपर्ने धारणा व्यक्त गरे। राजनीतिक कार्यभार पुरा गर्न र समृद्ध नेपाल बनाउन पार्टी विधि र पद्धतीबाट चलाउनुपर्ने भन्दै उनले पार्टीभित्रको गुट र गिरोह अन्त्य गर्ने घोषणा गरे। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भारत भ्रमणबाट फर्किएपछि पार्टी एकिकरण तल्लो तहसम्मै सकिने श्रेष्ठले बताए।

केपी ओली सरकारका कामको गम्भिर आत्मसमिक्षा गर्ने भन्दै प्रवक्ता श्रेष्ठले ओली सरकारलाई असफल हुन कुनै छुट नरहेको स्पष्ट पारे। 'हामी सबैको मुख्य राजनीतिक कार्यभार सरकारलाई सफल पार्नु हो', उनले भने 'सरकार असफल भयो भने नेकपा पार्टी र कम्युनिष्ट आन्दोलनले ठुलो क्षति बेहोर्नु पर्छ।'

 

प्रकाशित: २२ भाद्र २०७५ ११:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App