निर्मला हत्या प्रकरणमा अाइजिपी खनाल भन्छन् : नालायक प्रहरीले संगठन नै बदनाम

शुक्रबार, २२ भदौ २०७५, १५ : ५६ राजेन्द्र भट्ट

महेन्द्रनगर - कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका  २ महुलिया, उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको घटनाको अनुसन्धानमा प्रहरीले नै केहि त्रुटी गरेको नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन्। शुक्रबार बिहान महेन्द्रनगरमा आयोजित ‘महिला हिंसा न्युनिकरण, मानवअधिकारको संरक्षण एवम् सुरक्षा : नेपाल प्रहरीको जवाफदेहिता’ बिषयक राष्ट्रिय अभियान कार्यक्रममा अाइजिपी खनालले भने ‘प्रहरीले यस घटनाको अनुसन्धानमा केहि बिगारेको  छ, यस घटनामा संलग्न जो कोहि भएपनि कानुनी दायरामा ल्याउँछौं।’

कुनै निर्दोष व्यक्तिलाई यस घटनामा यातना दिएर सकार्न नलगाइने बताउँदै महानिरीक्षक खनालले नालायक प्रहरीले सम्पुर्ण संगठनलार्इ नै बदनाम बनाएकाे बताए। हिंसाका घटनाको समाधान मिलापत्र मार्फत खोज्न नहुने बताउँदै महानिरीक्षक खनालले यस घटनामा भिआईपी  र भिभिआईपी जाे काेहि भएपनि कानुनी कठघरामा उभ्याउने बताए।

राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रममा महानिरीक्षक खनालले आफ्नो सेवाकालको दुखद घटनाका रुपमा यसलाई लिँदै भने, ‘बहुतै दु:खी छु। प्रहरी संगठनप्रति अहिलेसम्म यस्तो आरोप लागेको थिएन', महानिरीक्षक खनालले थपे, ‘उच्चस्तरीय छानविन टोलीले समेत यस घटनाको अनुसन्धान गरिराखेको छ। अनुसन्धान टोलीलाई सबैले सहयोग गर्नुहोस्। म पनि हस्तक्षेप गर्दैन। संगठन प्रमुखका हैसियतले यस्ता घटनामा कसैको ‘पावर’ मान्दैन्।’ यो घटनामा संलग्न आफ्नै संगठनको जाे काेहि भएपनि त्यसलार्इ कार्वाही हुने उनले बताए।

कुनै निर्दोष व्यक्तिलाई यस घटनामा यातना दिएर सकार्न नलगाइने बताउँदै महानिरीक्षक खनालले नालायक प्रहरीले सम्पुर्ण संगठनलार्इ नै बदनाम बनाएकाे बताए। हिंसाका घटनाको समाधान मिलापत्र मार्फत खोज्न नहुने बताउँदै उनले यस घटनामा भिआईपी  र भिभिआईपी जाे काेहि भएपनि कानुनी कठघरामा उभ्याउने बताए।

साउन १० गते साथी रोशनी बमकाे घर दिउँसो गृहकार्य गर्न गएकी निर्मला वेपत्ता भएकी थिईन्। बमको घरको केहि पर भिमदत्त नगरपालिका  १९ बागफाँटाको उखुबारीमा दोस्रोदिन उनकाे शव फेला परेको थियो। घटनामा प्रहरीले शंकाको घेरामा रहेका बम दिदीबहिनी रोशनी र बबितालाई थुनामा राखेको छ। उनीहरुसँग वयान लिने काम भईरहेको कञ्चनपुर प्रहरीका प्रवक्ता तथा डिएसपी कृष्णराज ओझाले बताए।

यस घटनामा पक्राउ गरिएका ४१ बर्षीय मानसिक अवस्था कमजोर भएका भनिएका दिलीपसिंह विष्टको काठमाडाैंमा स्वास्थ्य जाँच भइरहेको छ। प्रहरीले उनको डीएनए परीक्षण, मानसिक स्वास्थ्य लगायतको परीक्षणका लागि काठमाडाैं लगेको हो। ती सबैको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न यसअघि केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जीसी नेतृत्वको टोली महेन्द्रनगर आएको थियो। टोलीले घटनाको २६ औं दिनमा भिमदत्त नगरपालिका १९ बागफाँटाका विष्टले नै बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको निष्कर्ष निकालेको थियो। सीआईबीकाे निष्कर्षमा पीडित परिवार र स्थानीय विश्वस्त नभएपछि सीआईबीको अनुसन्धान नै शंकाको घेरामा परेको थियो। भदौ ४ गते प्रहरीले विष्टलाई आरोपी बनाएर सार्वजनिक गरेपछि महेन्द्रगरमा आन्दोलन उग्र बनेको थियो। मानसिक अवस्था ठिक नभएका विष्टलाई आरोपी बनाएर घटनाका वास्तविक दोषी जोगाउन खोजेको भन्दै आन्दोलन उग्र बनेको थियाे। आन्दोलनकै क्रममा प्रहरीकाे गोली लागेर भिमदत्त नगरपालिका १८ भगतपुर शुभकामना टोलका सन्नी खुनाको ज्यान गएकाे थियाे। 
घटनापछि गृहमन्त्रालयले छानबिनका लागि मन्त्रालयका सह–सचिव हरिप्रसाद मैनाली नेतृत्वको ५ सदस्यीय छानबिन समिति महेन्द्रनगर पठाएको छ।

बिहीवार महेन्द्रनगर पुगेका आईजीपी खनालले साँझ निर्मलाका परिवारसँग भेट गरेका थिए। समय लागेपनि हत्यारा पत्ता लगाई छाेड्ने उनले परिवारसामु प्रतिबद्धता जाहेर गरेको निर्मलाका बुबा यज्ञराजले बताए। ‘न्याय पाउने आशा मरे जस्तै भएको छ', यज्ञराजले भने 'डेढ महिनासम्म केहि पत्तो नलाग्नु अचम्म भएको छ।'
 

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...