coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

अभिनेत्री कोइराला क्यान्सरबारे जनचेतना जगाउने अभियानमा

फाइल तस्बिर

काठमाडौ– अभिनेत्री मनिषा कोइरालाले महिलाहरुमा हुने डिम्बाशयको क्यान्सरबारे जनचेतना जनाउने अभियान भएकी छन्। डिम्बाशयको क्यान्सर सामना गरेर बचेकी कोइरालाले डिम्बाशय क्यान्सर महिनाको अवसरमा यस्तो अभियान थाल्ने बताएकी हुन्।
 क्यान्सर मृत्युदण्ड हाेइन त्यहाँ अाशा हुन्छ भन्ने मान्यता बाेकेकी कोइरालाले राष्ट्रिय क्यान्सर अस्पतालसँगको सहकार्यमा वाकाथुन(पदयात्रा) गर्न लागेकी छन्। ‘होप अफ वाक’ शिर्षकमा उक्त वाकाथुन शनिबार विहान ८बजे जाउलाखेलदेखि मंगलबजारसम्म पुगेर टुंगिने जनाइएको छ।

उक्त कार्यक्रममा डिम्बाशयको क्यान्सर र यसका लक्ष्यणबारे नाटक प्रदर्शन गरिने राष्ट्रिय क्यान्सर अस्पतालकी प्रशुतिविज्ञ डा. रश्मी पुनले जानकारी दिईन। वाकाथनमा चिकित्सकहरुका साथै नेपाल स्काउटका प्रतिनिधि, विद्यार्थीलगायतको सहभागिता रहने जनाइएको छ।

डिम्बाशयको क्यान्सर महिलामा देखिने मूख्य तीनमध्ये एकमा पर्छ। यो समस्याबाट खासगरी ४० वर्ष उमेर काटेका महिला पीडित हुने गरेका छन्। 

 

प्रकाशित: २२ भाद्र २०७५ १०:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App