७ वैशाख २०८१ शुक्रबार
समाज

सवारी दुर्घटनामा दुईको मृत्यु

चितवन – पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका–३ को झुरझुरेमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

नारायणगढबाट हेटौंडातर्फ जाँदै गरेको ना ३ ख ८५३९ नम्बरको ट्याङ्करले एउटै दिशामा गइरहेको ग ५ प ६२६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

बहिबार राती करीब ९ बजे भएको दुर्घटनामा बाराको सिमरा जितपुर – १६ बस्ने ३८ प्रेम बहादुर मोक्तान र
मकवानपुरको छत्तिवन –४ बस्ने ३४ वर्षिय सुकमान स्याङताङको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनाबाट घाइते भएका दुवै जनालाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो। ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २२ भाद्र २०७५ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App