४ वैशाख २०८१ मंगलबार
अन्य

बढेन महानगरको गति

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ल्याएका योजना कागजमै सीमित समाचार प्रकाशन/प्रशारण भएपछि प्रधानमन्त्री केपी शर्मा ओली साउन १५ गते वर्षदिनभित्र भएका कामको माग गरेका थिए।

प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएर महानगरको कारण सरकार र पार्टीले नै आलोचना खेप्नुपरेको भन्दै विज्ञ सल्लाकारको टिम बनाएर काम गर्न मेयर शाक्यलाई निर्देशन दिए।

मेयर विद्यासुन्दर शाक्यले महानगरको कार्य गतिलाई पनि तीव्रता दिन सकेका छैनन्। पछिल्लो समयमा त मेयर शाक्यले महानगरका कार्य गति झनै सुस्त बनाएको आरोप महानगरकै कर्मचारीको छ। राजधानीमा हालै सम्पन्न बिम्स्टेक सम्मेलनले पनि महानगरको सुस्त गतिको पर्दाफास गरेको छ।

प्रधानमन्त्रीको निर्देशनपछि मेयर शाक्यले सल्लाहकार टिम त बनाएनन् नै। महानगरको कार्य गतिलाई पनि तीव्रता दिन सकेका छैनन् । पछिल्लो समयमा त मेयर शाक्यले महानगरका कार्य गति झनै सुस्त बनाएको आरोप महानगरकै कर्मचारीको छ । राजधानीमा हालै सम्पन्न बिम्स्टेक सम्मेलनले पनि महानगरको सुस्त गतिको पर्दाफास गरेको छ।

सहर सौन्र्दयको काम महानगरको हो । तर, महानगरले सरकारले आयोजना गरेको सम्मेलनमा समेत सरसफाइ गर्न सकेन । राजधानीमा धुलो उडिरह्यो, हिलो भइरह्यो । सडकमा धुलो भएकै कारणले कालीमाटीमा भिआइपीको स्कटिङको क्रममा प्रहरी दुघर्टनामै परे।

महानगरले अघिल्लो वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा रातरात काम गरेको थियो । सहरलाई सफा बनाउनेदेखि प्रवेशद्धार बनाउनेसम्मको कार्य गरेको थियो । तर, बिम्स्टेक सम्मेलनमा भने महानगरले कुनै जिम्मेवारी निर्वाह नगरेको आरोप सडक विभागका कर्मचारीको छ।

‘हामीले दुई वटा गेट बनायौं, अनि सरसफाई गरयौं,’ महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘मोदी आउँदाको जस्तो भने काम नगरेकै हो ।’ उनका अुनसार भारतीय प्रधानमन्त्री राजकीय भ्रमणमा आएका थिए । त्यसरी आउने पाहुनालाई स्वागतदेखि कार्यक्रमसम्मको जिम्मा महानगरको हुन्छ । सम्मेलन भने सरकारले गरेकाले त्यसको सबै कार्य पनि सरकारकै हुने कार्कीले दाबी गरे।

महानगरले केही महिनाअघि अतिथि सत्कारको लागि भन्दै सार्वजनिक खरिद ऐन सच्याएर मेयर शाक्यले ५० लाख रूपैयाँसमेत खर्च गर्न पाउने बनाएका छन् । तर, सम्मेलन बेला भने महानगर खर्च नगर्नुको साथै जिम्मेवारीमै पर्ने काम समेत गरेको छैन । पछिल्लो समयमा राजधानीमा फोहोर थुप्रिने समस्या दोहोरिएको दोहोरियै छ । महानगरले त्यसको समेत टुंगो लगाउन सकेको छैन।

‘मेयर शाक्य निर्णय गराउनै डराउँछन्,’ वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाल भन्छन्, ‘अनि कसरी काम हुन्छ त ।’ उनका अनुसार मेयर शाक्य कार्यालयकै काममा अल्झिएर बढी बस्छन्।

वडा कार्यालयलाई पनि चलायमान बनाउन सकेका छैनन्। १३ अर्बको बजेटमा वडा कार्यालयलाई डेढदेखि तीन करोड मात्रै बजेट दिएका छन्।

‘ठूला काम जति केन्द्रबाटै हुन्छ भनिन्छ,’ वडाध्यक्ष रिजालले भने, ‘कुनै काम भएको भने पाइँदैन।’

महानगरका प्रवक्ता कार्की भने कामै नभएको भन्न नमिल्ने बताउँछन् । ‘जेट मेसिन खरिद गरेर ल्याइसकेको छौं, ब्रुमर आउने क्रममा छन्,’ उनले भने, ‘स्र्माट ट्वालेट र स्र्माट पार्किङको पनि काम अगाडि बढेका छन् ।’ उनका अनुसार काम हुने प्रक्रियामा छन् । रिजल्टको लागि भने समय लाग्छ । सडकमा धुलो–हिलो देखियो भन्दैमा महानगरले केही गरेन भनेर आरोप लगाउन नहुने उनी बताउँछन् ।
महानगरले काष्ठमण्डप बनाउने जिम्मा लिएको छ । रानीपोखरी पुनर्निर्माणको जिम्मा पनि महानगरकै छ । भूकम्पले भत्किएका मुख्य यी सम्पदा समेत महानगरले पुनर्निर्माण गराउन नसक्दा सरकारमाथि नै प्रश्न उब्जिएको वसन्तपुरका स्थानीय गणपतिलाल श्रेष्ठ बताउँछन्।

‘मेयर शाक्यले जसरी काम गर्न पथ्र्यो, त्यसरी गर्नै सकेनन्,’ श्रेष्ठले भने, ‘यो गतिले महानगरको हालत झन खराब हुँदैछ ।’ मेयर शाक्य गलत कर्मचारीलाई च्यापेर गलत निर्णय गर्न हतारिने तर जनताको हितमा काम गर्न भने मन नदेखाउने गरेको आरोप श्रेष्ठको छ । ‘शाक्यले हालै ल्याएको सहरी भवन मापदण्डमा स्थानीय होइन, महानगरका केही कर्मचारीको शर्तमा छ,’ उनले भने, ‘स्थानीयलाई बेवास्ता गर्दै यसैगरी मेयर शाक्य कर्मचारी र निश्चित वर्गको भलोमा काम गरिरहेका छन् ।’ महानगरका शाक्यको काम एकतिर सुस्त छ भने अर्कोतिर गरेका काम पनि स्थानीयको हितमा नभएको दाबी उनको छ।

प्रकाशित: २२ भाद्र २०७५ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App