८ वैशाख २०८१ शनिबार
समाज

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी कारागार चलान

खोटाङ - ज्यान मार्ने उद्योगमा कैद सजाय सुनाइए पनि फरार रहेका प्रतिवादी कारागार चलान भएका छन्। ज्यान मार्ने उद्योगमा जिल्ला अदालत खोटाङबाट ४ वर्ष कैद र ५ हजार १ सय जरिवाना हुने सजाय सुनाइएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाचिउरीडाँडाका खेमराज बुढाथोकी कारागार चलान भएका हुन्।

ज्यान मार्ने उद्योगमा जिल्ला अदालतबाट २०७१ साल पुस ८ गते सजाय सुनाइएका बुढाथोकीलाई फरार रहेको अवस्थामा भदौ १९ गते भक्तपुर सुर्यबिनायक नगरपालिका १० मिलनचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। अभियुक्त बुढाथोकीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गरिएकामा अदालतको आदेशमा कैद भुक्तानका लागि बिहिबार जिल्ला कारागार शाखा दिक्तेलमा पठाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २१ भाद्र २०७५ १३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App