coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गृहमन्त्रीले सोधे : कारबाहीमा परेका व्यक्तिको पदक किन नरोकेको ?

काठमाडौं- प्रहरी उपरीक्षक (एसपी) विद्यानन्द माझीले प्राप्त गरेको ‘प्रवल जनसेवा श्री’ पदकबारे गृहमन्त्रालयमा छलफल चलेको छ। गृहमन्त्री रामबहादुर थापाले आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव महादेव पन्थलाई बोलाएर माझीले पाएको पदकबारे जानकारी लिएका थिए।

मन्त्रालय स्रोतका अनुसार इटहरी तरहराकी १६ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको घटना गुपचुपमा मिलापत्र गराएको आरोपमा कारबाहीमा परेका व्यक्तिको पदक किन नरोकेको भन्दै उनीसँग जानकारी लिएका थिए। सहसचिव पन्थले आफू मन्त्रालयमा भर्खरै आएका कारण उनी निलम्बनमा परेको बारे जानकारी नभएको जवाफ दिएका थिए।

प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन गरी तीन महिनासम्म निलम्बन गरेर ग्रेड रोक्का गरी कारबाहीमा परेका एसपी माझीलाई मंगलबार ‘प्रवल जनसेवा श्री’ पदक प्रदान गरिएको थियो। निलम्बन फुकुवा भएपछि एसपी माझी अहिले जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख छन्। पुस–१६ गते इटहरीकै वडा नं. २ मा १६ बर्षीया बालिका बलात्कार गरेको घटना गुपचुपमा मिलापत्र गराएको एक महिनापछि छानबीन भएको थियो। एसपी माझी सुनसरी जिल्ला प्रहरी प्रमुख हुँदा माघ २३ गते निलम्बनमा परेका थिए। तत्कालीन प्रहरीको प्रदेश १ का एआइजी पशुपति उपाध्यायले संघीय प्रहरी एकाइ धरानका तत्कालीन एसएसपी हरिबहादुर पालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेर छानबिन गरिएको थियो ।

छानबिन समितिको सिफारिस अनुसार, तत्कालीन सुनसरी प्रहरी प्रमुख एसपी माझी र इलाका प्रहरी कार्यालय इटहरीका प्रहरीनिरीक्षक चिरञ्जीवी दाहाललाई गृहमन्त्रालयले निलम्बन गरेको थियो। निलम्बनको तीन महिनापछि प्रहरी प्रधान कार्यालयले एसपी माझीको ग्रेड रोक्का गरेर निलम्बन फुकुवा गरेको थियो। त्यसपछि उनलाई डोटीको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो।

प्रकाशित: २१ भाद्र २०७५ १२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App