४ वैशाख २०८१ मंगलबार
खेल

साफ च्याम्पियनसिप : पहिलो हाफमा भुटान विरुद्ध नेपालको अग्रता

काठमाडाैं - बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत पहिलो हाफको खेलमा नेपालले भुटान विरुद्ध १–० को अग्रता बनाएको छ। बंगलादेश स्थित बंगबन्धु रंगशालामा जारी खेलमा नेपाललाई अग्रता दिलाउन अनन्त तामाङले गोल गरे।अनन्तले खेलको २१ औं मिनेटमा गोल गरेका हुन्। सुनिल बलले कर्नर मार्फत प्रहार गरेको बललाई अनन्तले डिबक्सभित्रबाट हेड मार्फत उत्कृष्ट गोल गरे। पहिलो हाफमा गोलका लागि थुप्रै अवसर प्राप्त गरेपनि नेपालले थप गोल गर्न भने सकेन र पहिलाे हाफकाे खेलमा नेपाल १-० ले अघि रह्याे। 

नेपाली फुटबलका लागि भुटान विरुद्धको खेल विशेष महत्वपूर्ण छ। साफ च्याम्पियनसिपमा पहिलो उपाधि जित्ने लक्ष्यसाथ बंगलादेश पुगेको नेपाली टोली मंगलबार पहिलो खेलमा पाकिस्तानसँग पराजित भएपछि अघिल्लो चरण पुग्ने सम्भावना बनाइराख्न अाजकाे खेल जित्नै पर्ने दबाबमा नेपाली टाेली रहेकाे छ। 

 

प्रकाशित: २१ भाद्र २०७५ १०:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App