८ वैशाख २०८१ शनिबार
कला

होटलमा मृत भेटिइन् बंगाली कलाकार पायल

सिलगुडी- बंगाली चलचित्रकी चर्चित कलाकार पायल चक्रबर्ती सिलगुडीको एक होटलमा मृत फेला परेकी छन्। बुधबार बिहान उनी मृत फेला परेकी हुन्। प्रहरीको प्ररम्भिक अनुसन्धानले आत्महत्याको अनुमान गरेको छ। दक्षिणी कोलकाताकी पायलले सिलगुड़ी चर्च रोडको  एक होटलमा मंगलवार साँझ चेक इन गरेकी थिइन्।

होटल कर्मचारीले बताए अनुसार बिहीबार बिहान उनको गंगटोक जाने कार्यक्रम थियो। उनले बिहान अवेरसम्म ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रहरीले ढोका फोरेर हेर्दा उनी मृत अवस्थामा फेला परेकी थिइन्। उनले केही बंगाली फिल्म, टेलिभिजन सिरियल र बलीउड फिल्म 'गुड्डु की गन' मा समेत काम गरेकी थिइन्।

प्रकाशित: २१ भाद्र २०७५ १०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App