coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरी महानिरीक्षक खनाल कञ्चनपुर जाँदै

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल कञ्चनपुर जाने भएका छन्। निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको छानविनका लागि गठित उच्चस्तरीय समितिले थप अनुसन्धान गर्न विशेष अनुसन्धान टोली पठाउन आग्रह गरेकै समयमा महानिरीक्षक खनाल आज कञ्चनपुर जान लागेका हुन्।

छानविन समितिका सदस्यहरु नेपाल प्रहरीका नायब महानिरीक्षक रामकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हरि गुरुङ, सशस्त्र प्रहरी बलका डिआइजी बसन्त बानियाँले बुधबार गृहमन्त्री रामबहादुर थापासँगको ब्रिफिङमा अनुसन्धानको लागि प्रहरीको विशेष टोली पठाउन आग्रह गरेका थिए।

स्रोतका अनुसार महानिरीक्षक खनालले घटनाको विषयमा भएको अनुसन्धानका विषयमा बुझ्ने छन्।

 

प्रकाशित: २१ भाद्र २०७५ ०९:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App