भूमिका विहीन भए जनप्रतिनिधि

बिहिबार, २१ भदौ २०७५, १४ : ४३ दिनेश सुवेदी

रोल्पा– झट्ट हेर्दा र सुन्दा अत्यन्त ब्यस्त रहनु पर्ने कति पय जनप्रतिनिधिहरु भूमिका विहीन बनेका छन। घरघरै गएर घोषणा पत्र देखाउदै जनतासंग भोट मागेका उनिहरु अहिले के कम गर्नै भन्नेमै अलमलमा छन्। 

प्रत्येक वडामा निर्वाचित ४ जना वडा सदस्यहरु जनप्रतिनिधिका रुपमा आफ्नो उल्लेख्य भूमिका नै नदेखे पछि असजिलो महसुस गरिरहेका छन। ‘तिमिहरुले तलब खाने हाम्रो काम नगर्ने भनेर गुनासो गर्न थालेका छन। तलब खाएपछि जनताहरु जनप्रतिनिधिहरु प्रति झनै नेगेटिभ भएका छन,’ रोल्पा नगरपालिकाका वडा न. १० का सदस्य सेरबहादुर थापा भन्छन।

वडा अध्यक्षहरुलाई जहिले पनि भ्याई नभ्याई छ। तर सदस्यहरु फूसर्दिला छन्।‘योजना संचालन हुदा अनुगमन गर्ने, उपभोक्ता समिति गठन गर्ने बाहेक अहिले त केहि काम छैन। एक प्रकारले भूमिका विहीन जस्तै भन्दा हुन्छ।’ माडि गाउँपालिका वडा न. ५ का वडा सदस्य बिरबहादुर घर्तीले भने।  टाठाबाठा सदस्यहरु अनुगमन वा उपभोक्ता समिति गठनमा सहभागि रहे पनि अधिकांस महिला सदस्य र दलित सदस्यहरु चुनाब जितेदेखि नै भूमिका विहीन छन।

भर्खरै एक बर्षको एकमुस्ट तलब थापेका कतिपय सदस्यहरु गाउँमा भद्र भलादमिको भूमिकामा रहने गरेको पनि पाईन्छ। ‘वडा अध्यक्षहरुको त असाध्यै काम हुन्छ। उहाँहरुलाई फुर्सद नै हुदैन तर अरु सदस्यहरुको हिजो आज खासै काम छैन,’ रोल्पा नगरपालिका वडा न. १० का सदस्य सेरबहादुर थापा भन्छन, ‘झनै तलब लिएपछि त आफैलाई असजिलो महसुस भएको छ। राज्यले काम दिन सकेको छैन। ब्यक्तिगत रुपमा कोहि कतै एकाध जनाले बिजनेस पाए पनि समग्रमा सदस्यहरु भूमिका विहीन छन।’ नेबिसंघ रोल्पाका जिल्ला अध्यक्ष समेत रहेका थापाले सुनाए।

स्थानीय सरकारका प्रमुख पनि वडा सदस्यहरु अलि फुर्सदमा भएको स्वीकार गर्छन। ‘वडाको नियमित बैठक हो, वडाबाट बिनियोजित कार्यक्रमको अनुगमन हुन्छ। तर हिजो आज त उहाँहरु फुर्सद मै हुनुहुन्छ,’ रुन्टीगढी गाउँपालिकाका प्रमुख बालाराम बुढा बताउछन। बुढा जस्तै परिबर्तन गाउँपालिकाका प्रमुख निमकान्त डागि पनि सदस्यहरु अलि फुर्सदमै रहेको बताउछन, डागि भन्छन, ‘सदस्य ज्युहरुले गाउँघरमा झै–झगडा मिलाउने, बिग्रिएका सडकहरु हेर्ने गर्नुहुन्छ। काम त हल्का हुन्छ तर पनि अहिले त फुर्सदमै हुनुहुन्छ।’

अत्यन्त ब्यस्त रहने वडा अध्यक्षहरुले पनि सदस्यलाई जिम्मेवारी दिने र काम लगाउने गरेको पाईदैन। दिनभरको कार्यालयमा रहने काम अनि गाउँघरमा हुने छलफल, कार्यक्रममा समेत उनिहरुले नै भ्याउने गरेका छन। ‘गाउँमा हामिलाई एकै छिन पनि फुर्सद हुदैन। हरेक ठाउँमा सरिक हुने भनेकै वडा अध्यक्ष रहेछ। ’ थवाङ गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष बसन्त घर्तीले भने। ‘हामि बाहिर जादा भने उहाँहरु मध्य एक जनाले कार्यबाहक अध्यक्षका रुपमा काम गर्नु हुन्छ।’

जिल्लाका अधिकांस महिला र दलित सदस्यहरु त झनै यतिबेला फुर्सदमा देखिन्छन। संख्या पु¥याउनका लागि उमेद्वार बनेर निर्बाचित भएका उनिहरु मध्ये धेरैलाई आफ्नो भूमिका के हो भन्ने बारेमा कसैले जानकारी पनि गराईएको छैन। ‘आजकल त मिटिङ भयो भने हो नत्र काम छैन। काम हुदा कहिले कसो योजनाको अनुगमन गर्ने, उपभोक्ता समिति गठन गर्न जाने गरिन्थ्यो।’ रुन्टीगढी गाउँपालिका ९ कि वडा सदस्य रबिना बुढाले भनिन्। 

सदस्य मध्यबाट कार्यपालिकाको सदस्यमा बसेकाहरु भने अलि ब्यस्त रहने गरेको बताउछन। ‘म कार्यपालिकाको सदस्य पनि भएकाले कहिले कसो अलि काम हुन्छ। अरुलाई त खालि जस्तो नै देख्छु। पहिले कहिले कसो योजनाको अनुगमनमा हिडियो तर हिजो आज त काम छैन। धेरै भयो वडा कार्यालय र गाउँपालिकातिर नगएको।’ थवाङ गाउँपालिका वडा न. २ कि सदस्य धनकुमारी रोका भन्छिन।

५ न. प्रदेशले जनप्रतिनिधि मासिक तलब खाने भए पछि रोल्पाका सदस्यहरुका लागि मात्र बार्षिक २ करोड ४६ लाख ७२ हजार रुपैया खर्चिने गरिएको छ। ‘यो त तलब मात्र हो। सदस्यहरुले बार्षिक रुपमा बुझ्ने भत्ता पनि कम छैन।’ रोल्पा नगरपालिका वडा न. १० का सदस्य सेरबहादुर थापाले भने। बिजनेस नै नपाएपछि क्षमता भएका वडा सदस्यहरुलाई आफ्नो पद फलामको च्युरा जस्तै बनेको छ।

निर्वाचित वडा सदस्य जस्तै स्थानिय सरकारका उपप्रमुखहरु र जिल्ला समन्व समितिका पदाधिकारी पनि पछिल्लो समय फुर्सदमा देखिन्छन। हरेक गतिबिधिमा प्रमुखहरु नै सहभागि हुने र महत्वपुर्ण जिम्मेवारी आफैले लिने गर्दा पनि यसो भएको हो जानकारहरु बताउछन। ‘आर्थिक बर्ष सकियो। नयाँको काम सुरु भएको छैन। अहिले त झनै फुर्सद छ। हाम्रोमा त कार्यकारी अधिकृत पनि हुनु हुन्न। अब उहाँ आए पछि केहि काम हुन्छ कि।’ माडि गाउँपालिकाकि उपप्रमुख धनिकला बुढा भन्छिन।

 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad