१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

किर्ते गरी ७० करोड ठगी गर्ने १२ जना पक्राउ

काठमाडौ– किर्ते कागज खडा गरी कम्पनी कैै स्वामित्व हत्याई उक्त कम्पनीको चल अचल सम्पति बिक्री गर्ने प्रयास गरेको अभियोगमा प्रहरीकाे  केन्द्रीय अनुसन्धान ब्युराे(सीअार्इबी)ले १२ जनालाई पक्राउ गरी मुद्धा दायर गरेको छ।

काठमाडौं चुनदेबीमा बस्दै आएका भारतीय नागरिक राम निरंजन जटियाको शंकर इलेक्ट्रोनिक इण्डष्ट्रिजको स्वामित्व जटियाकै घरमा काम गर्ने जीत बहादुर मगरले आफ्नो नाममा लिइसकेको पाइएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार जीतबहादुरले जटियाको घरबाट कम्पनीको स्वमित्व सम्बन्धी कागजात चोरी गरी किर्ते गर्दै कम्पनी रजिष्ट्रार कार्यालयबाट कम्पनीको स्वामित्व नै आफ्नो नाममा लिइसकेको पाइएको छ।

कम्पनी हत्याएका जितबहादुरले आफू कम्पनीको अध्यक्ष भन्दै विभिन्न स्थानमा रहेका कम्पनीको नामका जग्गा विक्री गर्ने प्रक्रिया पनि थालिसकेका थिए। कतिपय जग्गाको बैना कागजसमेत गरेको पाइएको छ। उनीहरुले शंकर इलेक्ट्रिक इण्डष्ट्रिजको नाममा रहेको राजधानीको बालुवाटारस्थित कित्ता नं. ४४१, ५०५ र ५४० को ३ रोपनी जग्गा सहितको घर, सतुंगल वडा नं.९ को कित्ता नं. १२६ को १५ रोपनी जग्गा र म्याग्दी एवं नुवाकोट जिल्लामा शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि. को नाममा रहेको जग्गा वेचबिखन गर्न वैना गर्दै हिडेको प्रहरीले जनाएको छ।

रामेछाप सुनापाती गाउपालिका १ घर भएका ३३ वर्षीय जित बहादुर मगर १६ वर्षदेखि जटियाकै घरमा काम गर्थे। उनले हेटौडा स्थायी घर भई हाल चन्द्रागिरी नगरपालिका ८ बस्ने ४५ वर्षीय राजन प्रसाद लम्साल र चन्द्रागिरी १४का ४० वर्षीय निरजकुमार मानन्धरको मुख्य सहयोगमा कागजात, सहीछाप र हस्ताक्षर किर्ते गरी शेयरधनी संचालक अध्यक्ष राम निरंजन जटियाको नामको सम्पूर्ण शेयरहरू खरिद गरेको विवरण कम्पनी रजिष्ट्रारको कार्यालयमा बुझाए। कम्पनी राजिष्ट्रार कार्यालयले बिना परीक्षण जित बहादुर मगरको नाममा स्वामित्व नामसारी गराएको पाइएको छ। कम्पनी रजिष्ट्रार कार्यालयले २०७५ असार २९ र ३२ गतेको निर्णयले शंकर इलेक्ट्रिक इण्डष्ट्रिजको शेयर लगत राम निरंजन जटियाको नामवाट जीतवहादुर मगरको नाममा नामसारी गरेको पाईएको छ।

किते कागज गरी आफ्नो कम्पनी हत्याइएको भन्दै जटियाले विभिन्न सञ्चारमाध्यममा सूचना प्रकासित गरेपछि घटना बाहिर आएको हो। प्रहरीले कम्पनी राजिट्रर कार्यालयमा कार्यरत केही कमचारीलाई पनि नियन्त्रणमा लिएको जनाएको छ। 

जीतबहादुरको समूहले कम्पनीको नाममा रहेको करिव ७० करोड रूपैयाँ मूल्य बराबरको सम्पत्ति ठगी गर्ने उद्देश्य राखी काम गरेको पाइएको छ।घटनामा हालसम्म राजन प्रसाद लम्साल, निरज कुमार मानन्धर र जित बहादुर मगरसहित यी समूहका १२ जनालाई पक्राउ गरी प्रहरीले अहिले विधुतीय अपराध, चोरी, ठगी तथा संगठित अपराधमा 
 

प्रकाशित: २१ भाद्र २०७५ ०७:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App