coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

महिन्द्राको ‘म्याकसिमो एच डी’ सिरिज बजारमा

काठमाडौं – महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडको नेपालस्थित आधिकारिक बिक्रेता दुगड् ब्रदर्स एन्ड सन्सले नयाँ स्टाइलिस ‘म्याकसिमो एच डी’ सिरिजको गाडी बिक्री सुरु गरेको छ।

अघिल्लो भागमा आठ र पछिल्लो भागमा सातवटा स्प्रिङ पत्ता भएको यो गाडीलाई ‘बढाऔं आफ्नो प्रोफिटको साइज’ भन्ने नाराका साथ ‘प्रोफिट ट्रक’को रुपमा ग्राहकमाझ ल्याइएको कम्पनीले जनाएको छ। कम्पनीका उपाध्यक्ष विवेक दुगडले महिन्द्रासँग २६ वर्षदेखिको विश्वासिलो र दिगो सम्बन्ध रहेको बताए। ग्राहकलाई सन्तुष्ट पार्नु नै कम्पनीको मुख्य लक्ष्य रहेको उनले प्रस्ट पारे । उपाध्यक्ष दुगडले नयाँ स्टाइलिस लुक, नयाँ विशेषतासहितको म्याकसिमो एच डी सिरिजका गाडीले ग्राहकलाई फाइदा पु¥याउनुका साथै आनन्दित र आरामदायी यात्रा गराउने विश्वास व्यक्त गरे।

प्रकाशित: २१ भाद्र २०७५ ०६:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App