७ वैशाख २०८१ शुक्रबार
समाज

लागु पदार्थ सहित एक वृद्धा पक्राउ

टीकापुर – कैलालीको लम्कीचुहा नगरपालिका–१ चौराहामा ठेलामा व्यवशाय गर्दै आएकी एक महिला आज लागुपदार्थ सहित पक्राउ परेकी छन्। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार पक्राउ पर्नेमा ६८ वर्षीया जनादेवी शाही रहेकी छन्।

उनको साथबाट प्रहरीले ब्राउन सुगरको १९ प्याकेट र १९ ग्राम चरेस बरामद गरेको छ। उनी चौराहामा ठेलामा फलफूल व्यवशाय गर्दै आएकी थिइन्।

पक्राउ परेकी शाहीलाई लागु पदार्थ ऐन अन्र्तगत मुद्दा चलाइने इप्रका लम्कीका इञ्चार्ज प्रहरी निरिक्षक सुरेन्द्र जोशीले जानकारी दिए। उनले संलग्न अन्य व्यक्तिका बारेमा समेत अनुसन्धान भइरहेको बताए।

प्रकाशित: २१ भाद्र २०७५ ०६:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App