coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पहिलेदेखि नै संन्यासको योजना

लन्डन (एएफपी) – इङ्ल्यान्डका ओपनर तथा पूर्वकप्तान एलिस्टर कुकले ६ महिनाअघिदेखि आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने मानसिकता बनाएको बताएका छन्।

कुकले शुक्रबारबाट भारतविरुद्ध हुने पाँचौं तथा अन्तिम टेस्टपछि अन्तर्राष्ट्रिय खेल जीवनमा पूर्णविराम लगाउने घोषणा गरिसकेका छन्।

आइतबार साथउह्याम्पटनमा सम्पन्न चौथो टेस्टमा ६० रनको जित हात पार्दै इङ्ल्यान्डले पाँच टेस्ट खेलको शृंखला ३–१ ले आफ्नो पक्षमा पारिसकेको छ।

‘यो शब्दमा व्यक्त गर्न कठिन हुन्छ, तर विगत ६ महिनादेखि नै मेरो मनमा यसको खाका कोरिएको थियो,’ कुकले भने, ‘मेरो मनमा जे उब्जिएको  थियो, त्यसलाई कार्यान्वयन गर्दै किनारा लगाएँ।’

खेलभन्दा अघि कप्तान जो रुट र मुख्य प्रशिक्षक ट्रेभोर बाइलिसलाई संन्यासबारे बताएका कुक टोलीसामु भावुक देखिएका थिए।

‘मैले रुट र ट्रेभोरलाई खेलअघि नै संन्यासको निर्णयबारे सुनाएको थिएँ,’कुकले भने, ‘शृंखला जितिसेकाले यो मेरा लागि सुखद बिदाइ बन्न सक्छ। तर म अन्तिम टेस्ट जित्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्राको अन्तिम खेललाई  थप अविस्मरणिय बनाउन चहान्छु । म यसका लागि उत्सुक छु।’

प्रकाशित: २१ भाद्र २०७५ ०३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App